चिसाङ शेर्पा खोटाङ,
खोटाङमा युवतीलाई जर्वजस्ती करणी गर्न खोजेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका–६ ईन्द्रेंणीपोखरी (साविक ९)का प्रमेश भनिने ३७ वर्षीय पर्शुराम विष्ट पक्राउ परेका हुन् । साउन २० गते राती आफ्नो हजुरआमा आइतीमाया राईको झुठो बार्ने क्रममा साथीहरुसँगै बसेर सुतेकी सोही ठाउँकी १९ वर्षीय युवतीलाई राती दुईबजे उठेर जर्बजस्ती गरेको आरोपमा विष्टलाई बिहान सिमपानी प्रहरीले पक्राउ गरेको थियो ।
झुठो बार्नेहरुलाई सुत्नका लागि बनाइएको त्रिपालमूनी झुठो बार्न बसेका युवतीको पुरुष आफन्तसँगै सुतेका विष्टले त्यही त्रिपालमूनी हजुरआमाको झुठो बार्न बसेकी युवतीलाई निदाएको मौका छोपी जर्बजस्तीको प्रयास भएको र युवती चिच्याउँदा आफूहरुले थाहा पाएको युवतीका दाई उदय राईले जानकारी दिए ।
युवतीलाई जर्बजस्ती गर्ने पुरुष बिरुद्ध पिडित पक्षले बुधबार निजउपर जाहेरी दिएको र निज विष्टलाई जर्बजस्ती करणी उधोगमा मुद्धा दर्ता गरी कानुनी कारवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका प्रहरी नायब निरिक्षक मनोज यादबले बताए । यादवका अनुसार पिडकलाई पिडितको उमेर अनुसार साढे दुई वर्षदेखी चार वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ ।
२०७५ साउन २४ गते दिउँसो ४ : ०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology