चिसाङ शेर्पा खोटाङ,
खोटाङको बराहपोखरी गाउँपालिकामा फोनको अत्याधिक समस्या रहेको छ । प्रायःजसो गाउँपालिकाको सबै वडाहरुमा फोनको समस्या रहेको हो । गाउँपालिकाको वडाभन्दा बाहिरका केही स्थानमा भएका नेपाल टेलिकम र निजी कम्पनी एनसेलको टावरले आंशिक रुपमा काम गरेता पनि गाउँपालिकाभरी नै फोनको समस्या रहेको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिनुभयो ।
गाउँपालिका प्रमुख बञ्जराका अनुसार फाक्टाङ, पौवासेरा, मौवाबोटे, बराहपोखरी वडाहरुमा तराईका फोनका टावरले काम गरीरहेको छ । यस्तै, वडा नम्बर २ सुन्तलेमा पनि तराई र ईन्द्रेणीपोखरीको एनसेल फोनको टावरले काम चलीरहेको छ । उहाँका अनुसार फोनको टावर राख्नका लागि आवाश्यक प्रक्रिया र बजेट विनियोजन भएर सोलार प्यानल जडान सकिएको र बर्खाका कारण अन्य काम गर्न नसकिएको उहँको भनाई छ ।
हिउँद सुरुवातसँगै फोनको टावर बनाइने र स्थानियबासीलाई सञ्चार सुविधामा नजिक राखिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको सबै वडाहरुमा राम्रो फोन नचल्दा सम्पर्क गर्नमा कठिनाई हुदै आएको छ । गाउँ कार्यपालिकाको कार्यालयमा भने इन्टरनेट जडान भइसकेको छ । गाउँ कार्यापालिकाले भर्चुवल नेटवर्क प्रा.लिसँग दई लाखमा ईन्टरनेट जडान गरेको हो ।
यसैगरी, गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा सडकमा ६ करोड ७ बजेट खर्च गरेको छ । बिनियोजित बजेटले बराहपोखरी, सुन्तले, साउनेचौर, फाक्टाङ, मौवाबोटेमा हिउद बर्खामा गाडी गुड्ने सडक बिस्तार गरेको छ ।वडा नम्बर ५ पौवासेरामा भने लामो दुरी भएकाले काम सम्पन्न नभएको र सडक बिस्तार गरेर गाडी पु-याउन काम धमाधम भइरहेको छ । ६ वडा रहेको गाउँपालिकामा हालसम्म केन्द्रिय प्रसारणको विधुत नभएको र ल्याउनका लागि ७५ लाख बजेट बिनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
२०७५ साउन २३ गते बिहान ८ : २७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology