• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सातै वडामा ईन्टरनेट

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सातै वडामा ईन्टरनेट


चिसाङ शेर्पा
  • आइतबार, साउन २० २०७५

  • फाइल तस्विर ।

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सातै वडामा ईन्टरनेट जडानको काम सकिएको छ । गाउँ कार्यपालिकाको कार्यालय र वडाहरुलाई सञ्चारसँग नजिक तथा दैनिक कामकाज गर्नमा सहजताका लागि सबै वडाहरुमा ईन्टरनेट जडानको काम सकिएको हो ।

     

    भर्चुवल नेटवर्क प्रा.लि.सँगको साझेदारीमा गाउँपालिकाको याम्खा, डाँडागाउँ, छोरम्बु, बतासे, सप्तेश्वर छितापोखरी, छितापोखरी र टेम्मामा ईन्टरनेट जडानको काम सकिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका आइटी अफिसर मणिचन्द्र राईले जानकारी दिनुभयो । आइटी अफिसर राईका अनुसार गाउँ कार्यपालिकाको कार्यालयमा १ एमविपिएस र वडाहरुमा ५ सय १२ केविपिएस क्षमताको इन्टरनेट जडान गरिएको छ ।

     

    आफ्नो बेग्लै लिन्क बनाएर गाउँपालिकाको सबै वडामा ईन्टरनेट जडानका लागि गाउँपालिकाको १५ लाख लगानीमा उदयपुर रौतामा राखिएको एयर फाईबरबाट राजापानीको एयर फाइबरमा नेट कनेक्सन गरिएको छ । र, त्यहाँ भएको रकेटडिक्स डिभाईसबाट गाउँ कार्यपालिकाको कार्यालयमा भएको टावरको रकेटडिक्समा कनेक्सन भई ईन्टरनेट बिस्तार गरिएको हो ।

     

    सातै वडामा ईन्टरनेट जडानको काम सकिएको र वयरलेस छोड्न मात्र बाँकी रहेको छ । छितापोखरीको हकमा भने कम गतीमा ईन्टरनेट चलेकाले फाइबरद्धारा विस्तार गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सबै ठाउँमा ईन्टरनेट जोडेपछि इमेल, ईन्टरनेटमा सहजता आएको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए । यसअघि ईन्टरनेटको काम गर्न दिक्तेल जानुपर्ने बाध्यता थियो । उहाँले भन्नुभयो, “अब त्यो समस्या टरेको छ । यसले समयको बचत हुन्छ । दैनिक कामकाजमा टेवा पुग्छ ।”

     

    आठ गाउँपालिका दुइ नगरपालिका रहेको खोटाङमा दिप्रुङ चुइचुम्मा गाउँपालिका विकासमा सबैभन्दा अगाडी रहेको छ । गाउँपालिकाले एकैवर्षमा सदरमुकाम दिक्तेल आईपुग्ने सबैभन्दा छोटो दुरीको सडक सुचारु, गाउँ कार्यपालिकाको भूकम्प प्रतिरोधात्मक स्टिल ट्रस भवन निर्माण, पाँच वडामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटबल खेलमैदान, उन्नत बाख्रा पालनका लागि बोयर जातको बोका वितरण, गाउँपालिकामा सानिमा बैंक र शिशु पोषण प्रर्बद्धन कार्यक्रम अन्तरगत गर्भवती महिलाले चार पटक गर्भ जाँच, मासिक स्वास्थ्य जाँच, बच्चालाई नियमित खोप र बच्चाको जन्मदर्ता हुने आमालाई मासिक हजार रुपैयाँ दिंदै आएको छ ।
    यसैगरी, आगामी दिनमा सातै वडाको मुख्य–मुख्य बजार र बाक्लो बस्तीमा फ्रि वाइफाइको व्यवस्था गरिने गाउँ कार्यपालिकाले योजना बनाएको छ ।
    २०७५ साउन २० गते साँझ ७ : २० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology