• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रावाबेशी गाउँपालिकामा डिजिटल बोर्ड

रावाबेशी गाउँपालिकामा डिजिटल बोर्ड


चिसाङ शेर्पा
  • बिहिबार, साउन १७ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    रावाबेशी गाउँपालिकाले आजबाट विधुतीय डिजिटल बोर्ड प्रयोगमा ल्याएको छ । गाउँपालिकाको एक नम्बर वडा कुभिण्डे पुछार हरमटारमा भाडामा बस्दै आएको गाउँपालिकाको कार्यालयमा आजदेखी डिजिटल बोर्ड प्रयोगमा ल्याएको हो ।

     

    आठ गाउँपालिकामध्येमा रावाबेशीले सबैभन्दा पहिला डिजिटल बोर्ड राखेको हो । डिजिटल बोर्डमा मौसमको जानकारी, समय, मिति र गाउँपालिकाले सार्वजनिक गर्ने सुचनाहरु पढ्न सकिने हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

     

    गाउँपालिकावाट प्रकाशित हुने सुचना सन्देश हेर्न र पढन सहजताका लागि पुरानो शैलीलाई विस्थापित गर्दै २ लाख ५० हजारमा ५ वर्षे ग्यारेण्टी भएको विधुतीय डिजिटल बोर्ड राखिएको  रावाबेशी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो । त्यहाँ  हाल भाडामा वस्दै आएको गाउँपालिका भवन निर्माणका लागि ठेक्का लागेर ढुंगा र घडेरी फिलिङको काम सकिएको छ । जम्मा १४ कोठे निर्माण हुने गाउँपालिका भवन स्टिल ट्रसको बन्ने गाउँपालिकाले जनाएको छ ।
    क्याप्सनः डिजिटल बोर्ड राखेपछि फोटो खिचाउदै जनप्रतिनिधि तथा कर्मचारी, तस्विर, यज्ञनारायण श्रेष्ठको फेसबुक, २०७५ साउन १७ गते साँझ ७ : ३० बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology