चिसाङ शेर्पा खोटाङ,
दुइ क्याम्पसले क्याम्पसको शैक्षिक तथा भौतिक सुधार मुख्य उद्देश्य लिएर संकलन गरेको रकम प्रयोगमा ल्याउन सकेको छैन । झण्डै एकै किसिमको उद्देश्य लिएर श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ गरी संकलन गरिएको रकम दिक्तेल बहुमुखी क्याम्पस र सिमपानी क्याम्पस सिमपानीले लामो समय गुज्रदा पनि प्रयोगमा ल्याउन नसकेको हो ।
दिक्तेल बहुमुखी क्याम्पसले क्याम्पसको शैक्षिक तथा भौतिक सुधारका लागि २०७४ चैत्रमा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ पुराण लगायो । तर, कती रकम संकलन भयो अझैसम्म सार्वजनिक गरेको छैन । क्याम्पस प्रमुख हिराकुमार राईका अनुसार अबका, २/३ दिनमा सहयोगी दाताहरुको नामावली स्थानिय पत्रपत्रिकामा प्रकाशन गरिनेछ । नाममा कुनै गल्ती भएमा सच्याउन मौका मिल्छ । त्यसपछि स्तम्भ निर्माण गर्छौ । उहाँले भन्नुभयो, “लगत्तै पुराणमा संकलित रकमको लेखा परिक्षण गछौ । अनि सार्वजनिकीकरण गरिने छ ।”
‘पुराणबाट संकलित केही रकम बैंक मुद्दती खातामा रहेको तर, अंक भन्न नमिल्ने/नभन्ने उहाँको तर्क छ । काम गर्ने योजना/लक्ष्य पनि हो बिडम्बना प्राविधिक हिसाबले भने जस्तो काम गर्न सकिएको छैन ।’ स्रोतका अनुसार, सहयोग गर्छु भनि बचनबद्ध गरेका सहयोगीदाताले हालसम्म रकम जम्मा नगरिदिनु र क्याम्पसलाई जग्गा दिने भनेर पुर्व घोषणा गरेकाले समयमा जग्गाको काम नगरि दिंदा काम गर्न समस्या देखिएको हो ।
खोटेहाङ गाउँपालिका-८ सिमपानीमा अवस्थित सिमपानी क्याम्पस सिमपानीले पनि बिएड कक्षाको भौतिक ब्यवस्थापन र एमएड तह सञ्चालनका लागि २०६८ फागुन २२ गतेदेखी २९ गतेसम्म श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ पुराण लगाए । हप्ता दिनमा पुराणबाट हेण्ड टु हेण्ड १८ लाख जम्मा भएको थियो । हाल सिमपानी क्याम्पसको नाममा राष्ट्रिय वाणिज्य बैंक खोटाङबजारको मुद्दती खातामा ४० लाख, एनएमबी बैंक काठमाण्डौमा १४ लाख रकम रहेको छ ।
सिमपानी क्याम्पस प्रमुख कृष्णश्री राईका अनुसार पुराण अवधिमा १६ लाख खर्च, सहभागीहरुले कबुल गरेको ८३ लाखबाट हाल अन्दाजी २१ लाख रकम अझै उठ्न सकेको छैन । क्याम्पसको बिएड कक्षाको भौतिक ब्यवस्थापनको काम सकिएको र एमएड तह सञ्चालनका निम्ति टियुमा निवदेन पेश गरिएको तर, हालसम्म कुनै प्रतिक्रिया नआएको सिमपानी क्याम्पस सिमपानीका सञ्चालक समिति अध्यक्ष राजन प्रसाद ढकालले बताए । भौतिक काम सकियो कती खर्च भयो कलेजमा रेर्कड छ । उहाँले भन्नुभयो, “एमएड तह सञ्चालन दिने सम्बन्धमा टियु नै पाँच वर्ष बन्द भएर यसवर्ष खुलेको छ । प्रयत्न जारी छ । आशा गरौ चाडै नतिजा आउँला ।”
सिमपानी क्याम्पसले पुराण लगाएको सात वर्ष गुज्रदा पनि अझै एमएड तह सञ्चलानका लागि अुनमती नपाएकाले संकलित रकम खुलाएर बैंकमा रहेको बताउँदा दिक्तेल बहुमुखी क्याम्पसले कती रकम संकलित भयो भन्न सकिरहेको छैन । शैक्षिक क्षेत्रका लागि भनेर संकलित रकम कहाँ कसरी प्रयोग भए भनेर चर्को बहस चलिरहंदा क्याम्पसहरुले काम गर्नमा ढिलासुस्ती देखाएको छ ।
२०७५ साउन ११ गते अपरान्ह ४ : ४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology