• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीको भेटी त्रिपक्षीय खातामा

हलेसीको भेटी त्रिपक्षीय खातामा


समायोजन खबर
  • बुधबार, साउन ९ २०७५

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ,
    त्रि–धार्मिकस्थल हलेसीको आम्दानीलाई संयुक्त चल्ती खातामा जम्मा गरेर सञ्चालन गर्ने निर्णय गरिएको छ । हलेसीमा आउने बाह्य तथा आन्तरिक पर्यटकले चढाएका भेटीघाटीको हिसाव–कितावलाई पारदर्शी तरिकाले संकलन गर्ने र आम्दानीकारुपमा बाँध्नका लागि हलेसी तुवाचुङ नगरपालिकाको पहलमा त्रि–पक्षीय चल्ती खाता सञ्चालन गर्ने निर्णय गरिएको हो ।

     

    मंगलबार हलेसीमा सम्पन्न बैठकले हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीको मन्दिरको आम्दानीलाई चुस्तदुरुस्त र पारदर्शीरुपमा संकलन गर्दै हलेसीकै पर्यटन प्रवद्र्धन गर्नका लागि उपयोग गर्न नगरपालिकाका एक, हलेसी महादेबस्थान बिकास समितिका एक र हलेसी मन्दिर व्यवस्थापन समितिका एक जना प्रतिनिधिको संयुक्त हस्ताक्षरबाट सञ्चालन हुनेगरी चल्ती खाता खोल्ने निर्णय गरेको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेबस्थानमा पर्ने हलेसीको आम्दानीलाई स्थानीय तहको मातहतमा ल्याएर मन्दिरकै व्यवस्थापन, परिचालन र बिकासमा खर्च गर्नेगरी संयुक्त चल्ती खाता सञ्चालन गर्ने निर्णय गरिएको मेयर इवन राईले बताउनुभयो । हलेसीको आम्दानीको पारदर्शीतामाथि प्रश्न उठिरहेको समयमा स्थानीय सरकार कार्यान्वयनमा आएदेखि नै हलेसीको आम्दानीमा पारदर्शीता कायम गर्ने पहल थालिएको थियो ।

     

    नगरपालिका, हलेसी महादेबस्थान बिकास समिति र हलेसी मन्दीर व्यवस्थापन समितिको संयुक्त बैठकले पहिलोपल्ट हलेसीको आम्दानीलाई नगरपालिकाको मातहतमा ल्याउने र कार्यविधि तयार गरेर खर्च गर्ने निर्णय गरेको हो । गुरुयोजना लागू गर्दै हलेसीलाई आर्थिक केन्द्रकारुपमा बिकास गर्नका लागि समेत साझा सहमती कायम गरेर आम्दानी व्यवस्थापनको काम अघि बढाइएको हलेसी महादेबस्थान बिकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए । हलेसीको पर्यटन प्रवद्र्धन गर्न सके नगरपालिकाको प्रमुख आयश्रोतकारुपमा बिकास गर्न सकिने सम्भावना रहेको छ ।

     

    बैठकले आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने हलेसीको आम्दानीलाई पारदर्शी राख्न संयुक्त खातामा जम्मा गर्ने, हलेसी मन्दीर व्यवस्थापन समितिलाई मासिक चालु खर्चवापत २० हजार उपलव्ध गराउने, बसाहागुफा प्रवेश गर्ने आन्तरिक पर्यटकबाट जनही २० रुपैयाँ र बाह्य पर्यटकबाट जनही सय रुपैयाँ प्रवेश शुल्क लिने, हलेसीको प्रचार–प्रसारका लागि सहायता कक्ष तथा सही सूचना सम्पे्रषणका लागि छुट्टै सूचना केन्द्र सञ्चालन गर्ने लगायतका १४ बुँदे निर्णय गरेको छ ।

     

    यस्तै, हलेसीको रिट्ठाबोटे–ठूलढुंगा–मञ्जुश्री सिँढी रेलिङ निर्माण गर्ने, मन्दीर व्यवस्थापन समितिको मातहतमा रहेका कर्मचारीलाई नगरपालिकाको मातहतमा ल्याउने, हलेसीबजारका होटलबाट निस्कने पेयपदार्थका बोतल सम्बन्धित व्यवसायीमार्फत व्यवस्थापन गर्न पहल गर्ने, मन्दीर वरपरको डोरामाला पशललाई व्यवस्थापन गर्ने, मन्दीर व्यवस्थापन र संरक्षणमा खटिएका कर्मचारी÷स्वयंसेबक र पुजारीलाई पोशाक व्यवस्था गर्ने, मन्दीरमा आरती पुजाका लागि एक जना ब्राह्मण नियुक्त गर्ने, हलेसी आसपासमा झुण्ड्याइएका लुंदार र ध्वजापताका हटाउन समन्वय गर्ने लगायतका निर्णय भएको छ ।
                  २०७५ साउन ९ गते बिहान  ९  : ३५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology