• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी, बराहापोखरीमा भक्तजनको घुइचो

हलेसी, बराहापोखरीमा भक्तजनको घुइचो


चिसाङ शेर्पा
  • सोमबार, साउन ७ २०७५

  • हलेसी गुफा ।

    चिसाङ शेर्पा खोटाङ,
    साउनको पहिलो सोमबार हरिशयानी एकादशीमा जिल्लाका पवित्र तीर्थस्थलहरुमा भक्तजनहरुको बाक्लो घुइचो लागेको छ । साउन महिनाको पहिलो सोमबारदेखी बोलबम सुरु हुने भएका कारण बिहानैदेखि त्रिधार्मिकस्थल हलेसी महादेब मन्दिर, बराहपोखरी र मझुवा कालिका भगवती मन्दिर लगायतका शिवालय मन्दिरहरुमा दर्शनार्थीको घुइचो लागेको हो ।

     

    हलेसी मन्दिर र बराहपोखरीमा साउनभर हरेक सोमबारका दिन ठूलो मेला लाग्ने गरेको छ । बोलबम मेलाको अवधिमा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, बिराटनगर, ईलाम, भारतको सिक्किम, दार्जिलीङ, गान्टोक, भुटान, चिनको तिब्बत लगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् । विगत वर्षहरुको तुलनामा यस वर्ष हलेसीमा दोब्वर दर्शनार्थीहरु हलेसी आएको हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरधन राईले बताए ।

     

    ईच्छाएका मनोकांक्षा पूरा हुने बिश्वासमा हलेसी र बराहपोखरीमा साउनको प्रत्येक सोमबार बिभिन्न नदीबाट ल्याईएका जल चढाउने गरिन्छ । हलेसी र बराहपोखरीमा देश तथा बिदेशबाट आएका हिन्दु धर्मावलम्बीहरुले नुहाएर ब्रत गर्दै महादेब, पार्वती र गणेशलाई नदीको जल चढाउने गर्छन् । पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकामना पूरा हुने र सुखशान्ति मिल्ने धार्मिक विश्वास छ । दर्शनका लागि हलेसी आएका दर्शनार्थीका कारण हलेसी आसपासका साना, ठूला होटलहरु भरि भराउ भएका छन् । दर्शनार्थीलाई पूजाआजाका लागि सहज वातावरण बनाउँनका भन्दै नगरपालिकाले शुरक्षा ब्यवस्था तथा स्वयंसेवकको व्यवस्था मिलाएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले जानकारी दिए ।

     

    हलेसी, बराहपोखरीमा हरियो कपडा, चुरा र मेहेन्दीमा सजिएका महिला तथा पहेलोे गेरु रंगको पहिरनमा सजिएका भक्तजनको चहलपहल छ । सामुहिकरुपमा ‘बोलबम’ उच्चारण गर्दै घुमफिर गर्ने दर्शनार्थीको संख्या पनि उत्तिकै देखिन्छ । अन्य जिल्लाबाट खोटाङलाई जोडने मुख्य नाको दुधकोसीस्थित जयरामघाटमा पक्की पूल संचलानमा आउनु र सडकको पहुंच भएका कारण हलेसीमा दर्शनार्थीको विगत वर्षका तुलनामा भीड बढेकोे छ ।
    फोटो, हलेसी महादेव मन्दिर, २०७५ साउन ७ गते दिउँसो ४ : ०० बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology