• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आमा समुहको भवन उद्घाटन

आमा समुहको भवन उद्घाटन


चिसाङ शेर्पा
  • बिहिबार, साउन ३ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेमा गोदावरी आमा समुहको भवन उद्घाटन गरिएको छ । नगरपालिकाको आर्थिक सहयोग र आमा समुहको सक्रियतामा निर्माण सम्पन्न भूकम्प प्रतिरोधात्मक दुइ कोठे भवनको उद्घाटन गरिएको हो ।

     

    गोदावरी आमा समुहको आग्रह अनुसार हलेसी तुवाचुङ नगरपालिकाको ११ लाख र करीव डेढ लाखबढी जनश्रमदानबाट निर्मित सुविधा सम्पन्न भवनको बिहीबार नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको गोदावरी आमा समुहकी अध्यक्ष डल्लीमाया राईले जानकारी दिईन् ।

     

    भवन नहुंदा यसअघि विद्धालयको कक्षाकोठा, खुल्ला चउरमा आफ्नो नियमित कार्यालयगत कामकाज गर्दै आएको आमा समुहलाई भवन निर्माण भएपछि कामकाज गर्न सहजता भएको छ । हाल गोदावरी आमा समुह व्यवसायिक तरकारी खेतीमा जमिरहेका छन् । व्यवसायिक तरकारी खेती गर्नका लागि नगरपालिकाले टर्नेला, प्राविधिक सहयोग, विउ बिजन सहित १ लाख वरावरको सहयोग गरेको छ ।

     

    समुहकी अध्यक्ष डल्लीमाया राईले मात्र गएको जेठबाट व्यवसायिक तरकारी खेतीबाट ५० हजारको आम्दानी गर्नुभएको छ । नगरपालिकाले सहयोग गरेको व्यवसायिक तरकारी खेतीमा ३२ जना आमा समुहका पदाधिकारीहरु लाभान्वित छन् ।
    क्याप्सन : आमा समुहको भवन उद्घाटन कार्यक्रममा उपस्थित नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राई, तस्विर समायोजन खबर, २०७५ साउन ३ दिउँसो ४ : २५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology