चिसाङ शेर्पा,
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तरगत खार्मीमा सचेतनामूलक कार्यक्रम तथा विभिन्न वस्तुहरु वितरण गरिएको छ । नगरपालिकाको लगानीमा शनिबार सम्पन्न कार्यक्रम अन्तरगत वडाभित्रका ४२ जना महिलाहरुका लागि महिला सचेतनामूलक कार्यक्रम गरिएको हो । महिला सचेतनामूलक कार्यक्रमकोे सहजीकरण नगरपालिकाको महिला विकास शाखा प्रमुख मन्दिरा घिमिरेले गर्नुभएको थियो ।
जिल्ला कृषि विकास कार्यालयले १४ जना कृषकलाई कृषि बिउ बिजन, जिल्ला पशु कार्यालयले २० जनालाइ २० जोर कुखुराका चल्ला, जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलले २५ जनालाइ तौलिया, साबुन, नेलकट लगायत वितरण गरेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रतिनिधि नविन लामिछाने, खार्मीका कृषि प्राविधिक सइन्द्र राई, खार्मीका पशु प्राविधिक सिताराम रिजालले आ,आफ्नो क्षेत्रको सामग्री हस्तान्तरण गर्नुभएको खार्मीका वडासचिव चित्र सुवेदीले जानकारी दिनुभयो ।
नगरपालिकाको १५ वडा मध्ये पाँच वडालाइ लक्षित गरी सञ्चालन गरिएको कार्यक्रम अन्तरगत अन्तिम वडा खार्मीमा उक्त कार्यक्रम सम्पन्न गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर स्वास्थ्य संयोजक मोहन राउतले बताउनुभयो । नगरपालिकाको बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तरगत यसअघि खाल्ले, लफ्याङ, विजयखर्क, नुनथलामा सो कार्यक्रम गरिएको थियो ।
२०७५ असार २४ गते बिहान ८ : ३५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology