• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गुरुङ परिवारलाई बिमा रकम

गुरुङ परिवारलाई बिमा रकम


चिसाङ शेर्पा
  • मंगलबार, असार १९ २०७५

  • चिसाङ शेर्पा असार/१९ खोटाङ,
    एसियन लाईफ इन्सोरेन्स उपशाखा खोटाङले बिमित ब्यक्तिको निधन भएपछि बिमाङ्क रकम हस्तान्तरण गरेको छ । दुइ बर्षअघि जिबन बिमा गरेका रावाबेंशी गाउँपालिका–१ कुभिण्डे गोपेनीका हिराधन गुरुङ(कमल गुरुङ) को परिवारलाई बिमा वापत पाउने रकम हस्तान्तरण गरेको हो ।

     

    २० बर्षेमा ५ लाख किस्ता तिरीसक्नुपर्ने जिबन बिमा गरेका गुरुङले २९ हजार ६२७ का दरले तीन किस्तामा ८८ हजार ८८१ रुपैयाँ जम्मा गरेका थिए । जम्मा गरेको रकमको बोनस १ लाख ३ हजार ५ सय र बिमाङ्क ५ लाख रुपैयाँको चेक हुर्लुङमा मंगलबार रावाबेंशी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले गुरुङको परिवारलाई हस्तान्तरण गर्नुभएको एसियन लाईफ इन्सोरेन्स उपशाखा खोटाङका इन्चार्ज किरणजीत राईले जानकारी दिनुभयो ।

     

    बिमित ब्यक्ति गुरुङको गत वर्षको फागुन १७ गते निधन भएको थियो । यसअघि एसियन लाईफ इन्सोरेन्स उपशाखा खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका निर बहादुर कार्कीको बिमाङ्क रकम परिवारलाई हस्तान्तरण गरेको थियो । २०७० सालदेखी खोटाङमा आधिकारिक रुपमा काम गर्न थालेको इन्सोरेन्सले हालसम्म करीव १ हजार ५ सय जनाको बिमा गरेको जनाएको छ ।

    क्याप्सन : बिमित ब्यक्तिको परिवारलाई चेक दिनुहुंदै रावाबेंशी गाउँपालिका प्रमुख लिलानाथ निरौला तस्विर, किरणजीत राई, २०७५ असार १९ साँझ ६ : ३५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology