• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी तुवाचुङ नगरपालिकाको पश्चिमी क्षेत्रमा खडेरीले मकै सुक्दै

हलेसी तुवाचुङ नगरपालिकाको पश्चिमी क्षेत्रमा खडेरीले मकै सुक्दै


समायोजन खबर
  • आइतबार, असार १७ २०७५

  • समायोजन खबर असार/१७ खोटाङ,
    खडेरीका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको पश्चिमी क्षेत्रमा मकै सुक्न थालेको छ । वर्षा नहुँदा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–४ डिकुवा लगायतका स्थानका किसानले लगाएको मकै मर्न थालेको हो । प्रमुख बालीकारुपमा लगाइएको मकै मर्न थालेपछि किसान चिन्तित बनेको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताउनुभयो ।

     

    जिल्ला दैबीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हलेसी क्षेत्रका विभिन्न वडामा पानी नपर्दा धानचामार निकाल्दै गरेको मकैको बोट सुक्न थालेका छन् । हलेसी तुवाचुङ नगरपालिकामा सबैभन्दा बढि खडेरीको अशर बाहुनीडाँडाको कदुवा, बेता, कुर्ले लगायतका ठाउँमा परेको राईले बताउनुभयो । खडेरीले मकैको धानचामार नै मरेपछि घोगामा दाना नलाग्ने गरेको स्थानीय बताउँछन् ।
    २०७५ असार १७ राती ९ : १५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology