चिसाङ शेर्पा असार/१ खोटाङ,
खोटाङमा तीन विधार्थी पुरस्कृत भएका छन् । राष्ट्रिय मानब अधिकार आयोग उपक्षेत्रिय कार्यालय दिक्तेलले जिल्लास्थित सञ्चारकर्मीहरुसँग गरेको ‘सञ्चारको भूमिका विषयक अन्तरसंवाद’ कार्यक्रममा दुइ बिद्धालयका तीन विधार्थीलाइ पुरस्कृत गरेको हो ।
“सबैका लागि घरघरमा मानव अधिकार, शान्ती र विकासको आधार” भन्ने मुल नाराका साथमा दिक्तेलस्थित श्रेष्ट होटलमा गरेको अन्तरसंवाद कार्यक्रममा गएको जेठ २९ (जुन १२) मा ‘अन्तर्राष्ट्रिय वाल श्रम विरुद्धको दिवस’मा वाल श्रम विरुद्ध मावि स्तरीय आयोजना गरेको निवन्ध प्रतियोगिताका प्रथम माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र तेज राई, दितीय पञ्च मावि दिक्तेलका छात्र डेविन आचार्य र तृतिय माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका छात्रा डेनिसा आचार्य पुरस्कृत भएका हुन् ।
पुरस्कृत तीन विधार्थीलाई क्रमशः नगद १ हजार ५ सय, १ हजार र ५ सय रुपैंयाँका साथमा प्रमाणपत्रद्धारा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र अन्तरपार्टी महिला सञ्जाल खोटाङकी अध्यक्ष दुर्गा जयन्ती राईले पुरस्कार वितरण गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राईले मानव अधिकारका गतिविधिमा शसक्त जोड दिन अनुरोध गर्नुभयो । वरिष्ठ पत्रकार कृष्ण आचार्यले जनमुखी सञ्चारले मानव अधिकार लिन सहयोग पुग्ने बताए । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय खोटाङका प्रमुख मोहनदेव जोशीले मानव अधिकार सबैमा दिलाउनमा लिने दिनेमा सहकार्य हुनुपर्ने बताए । अन्य सहभागी अधिकांशले मानव अधिकारका बिषयलाई दुर दराजसम्म प¥याउन आयोग र सञ्चारकर्मी सञ्चार प्रर्वधनमा परिपुरक हुनुपर्ने धारणा राखेका थिए ।
क्याप्सन : निवन्ध प्रतियोगिताका प्रथम तेज राईलाई पुरस्कार दिनुहुंदै जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ (दायाँ) तस्विर चिसाङ शेर्पा २०७५ असार १ राती ८ : २५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology