• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हाईगेट देखि साओसान सम्म

हाईगेट देखि साओसान सम्म

भिम राई
  • बुधबार, जेष्ठ १६ २०७५

  • भिम राई ,
    तारा संग छाङ्सा, हुनानमा थियौ । समय बिहानको १० बजेको थियो। होटलको ढोका बाट टक टक आवाज आयो । त्यसैले ढोका खोले्र होटलको चालक मिंग देखा परे ्हामी होटल छाड्न तयार भई सकेका थियौ । त्यसैले उनि संग उच्च गति (हाई स्पीड) को ट्रेन स्टेसन छाङ्सा दक्षिण तर्फ लाग्यौ । यहा बाट साओसान जादै थियौ । किनभने त्यहि अध्यक्ष माओ त्से तुंगको जन्म भएको थियो ।

    बिहानीको मौसम सफा थियो । सुर्यको किरण भर्खरै धर्तीमा झर्दै थिए । तै पनि मध्यान्हको जस्तै कडा महसुस हुन्थे । ट्रेन स्टेसन पुगे पछी आ(आफ्नो सुटकेस गुडाउदै यस भित्र छिर्यौ ।  ‘मेरी बाबै ! कति धेरै मानिसहरुको भिड्र अहिले नै पसिना आई सक्यो ।’ ताराले मुख खोलिन् ।

    ‘बुढिया !यति जाबो केहि होइन । ’अलिकति शान्त्वना दिए ।

    बरु !प्रस्थान कक्षा कता होला ?

    यसो दाया बाया नक्सा हेर्न थाले। तर व्यर्थैमा के झमेला गरि रहने ? यसको सट्टामा एउटा उपाए रचे । त्यसैले नजिकै उभिरहेकी अधबैसे स्त्रीसंग बोल्न गए । थोरै मुस्कुराउदै ‘प्रस्थान कक्षा कता होला ?’भनेर प्रश्न गरे । उनले छोटकारीमा ‘जाइ नाली’ भन्दै उभो तिर देखाइ दिईन । उनको भनाईले केहि राहत मिल्यो । त्यसैले बिधुतिय भर्यांग बाट सरासर माथिलो तला तर्फ लाग्यौ । माथिलो तलामा पुग्ने बितिक्कै प्रस्थान कक्षा देखीए । अब दुबै जनाको मुहारमा खुसिका तरङ्गहरु देखा पर्न थाले । सुरक्षा ढोका पास गर्यौ । त्यसपछि कर्मचारीहरुले टिकट जाच गरे । अनि ट्रेनको प्लेटफर्ममा झर्यौ  र आफु चढनै लागेको ट्रेनको डिब्बा नम्बर भुईमा खोज्न थाल्यौ । हाम्रो डिब्बा केहि टाढा परेछन । बल्ल त्यहा पुगेर आफ्नो ट्रेनको प्रतिक्षा गर्यौ ।

    केहि समय पछी ट्रेन आयो । केहि हर्षको साथ यस भित्र पस्यौ । ट्रेनका सिटहरु अति राम्रा देखिन्थे। त्यहि भएर हतार हतार आफ्नो सिटमा बसी हाल्यौ । यसरि कमलको भुवा माथि झैँ आराम साथ सिटमा बसे पछीमैले नै मुख खोल्न सुरु गरे । ‘तारा ! जिन्दगि एउटा मात्रै जिउनु पर्छ । यदि यसैलाई राम्रो बनाउने हो भने यो नै काफी छ ।’

    डगलस अडाम्सको भनाई सुनाए । हेरन ! कति आरामदायी सिट रहेछन् । साच्चै, स्वर्गीय आनन्द भनेको यसैलाई भन्छन क्यारे, होइन ? अझै आगोमा घिउ थपे । अह ! उनि एकै शब्द बोलिनन् । सर्लक्कै आँखा चिम्लिनर अर्को तिर फर्किन । म पनि के कम ? भावनामा सागरमा चुर्लम्ब डुब्न थाले । अनि यिनै आरामादायी सिटहरु सङ बोइंग ७८७ ड्रिमलाइनर र एअरबस ३८० संग दाज्न थाले । सम्भबत यिनै पो राम्रो हुन कि ?भन्ने सोचे ।

    केहि समय पछी रेल गुड्यो । मलाई रेल गुडेको भन्दा पनि बिस्तारै बिमानमा उडे झैँ महसुस भयो । ताराले आँखा नखोले पछी मेरा लोभी नजर यता उता डुलि रहे । मुख्यद्वारको सिधै माथि सानो बिधुतिय सूचना दिने ठाउँ थिए । त्यहा अंग्रेजी र चाइनिजमा क्रमै संग सूचनाहरु झुल्कन्थे । र केहि समय पछी बिलिन हुन्थे । यसरि रेल गुडेको केहि मिनेटमा नै रेलले ३१० किलोमिटर प्रति घन्टाको गति लियो । जुन गति सूचना बोर्डमा पटक पटक देखिन्थे । नेपालको आफ्नै भूमिमा रेल कहिले आउने होला भनेर कम्युनिस्टहरुको शासन पर्खेर बसेकोमान्छे, म चीनमा पुगेर रेलको गति यति धेरै देख्दा आश्चर्य चकित भए । तर यति बिघ्न गतिले अचानक केहि दुर्घटना भै हाल्ला कि भनेर मन भित्र कताकता त्रास पनि पैदा गरायो ।

    समय निरन्तर बहने नदि झैँ बहि रह्यो । रेलले गतिलिने क्रम पनि जारि राख्यो । अनि यसको गति संग संगै रेल भित्रको परिचारिकाहरुले पनि गतिबढाई हाले । उनीहरुले पहिले बेच्नका लागि पेय पदार्थहरु ल्याए । त्यसको साथ साथै बिभिन्न प्रकारको चाइनिज परिकारहरु धमाधम ट्रलीमा गुडाउन थाले । यो देखे पछी मानिसहरुले किन्दै खान थाले । र कसै कसैले यति बिहानै देखि पिउनथाले । यहा भित्रका यस्तो बाताबरण देखे पछी साम्यवादी शासन ब्यबस्था भए पनि यहाका मानिसहरु आफ्नो जिन्दगि संग अति सुखी रहेछन्, भन्ने लाग्यो ।

    परिचारिकाहरुले यति धेरै चकचक गरे । तै पनि ताराले आँखा खोल्ने सुरसार गरिनन् । यस भित्रको बाताबरण अति ब्यबस्थित देखिन्थे । मिनेट मिनेटमा ‘लाशी– लाशी’ भन्दै फोहोर उठाउने आकर्षक छोकड़ीहरु रेलको अगाडी भाग बाटपुर्णिमाको चन्द्रमा झैँ झुल्कन्थे । र केहि क्षणमा पछाडी तिर अस्ताउथे ।

    उनीहरु सबै हराएका बेला डिब्बामा एकाध शुन्यताले छाउथे । त्यसैले त्यति बेला समय कटाउन मेरा लोभी नजर झ्याल बाटबाहिरतिर डुलाउने गर्थे । मनमनै लाग्थ्यो, रेल घरको धुरी धुरी भएरदगुरि रहेको होला ? किनभने कमिला जत्रा मानिसहरु र नागबेली बाटाहरु हामी भन्दा धेरै तल तल देखिन्थे । यस्तो देख्दा लाग्दथ्यो, हामी जस्ता अशल छिमेकी रास्ट्रलाई थाहै नदिई चिनियाहरुले कल्पना र बिकाश संग संगै हिडाएका रहेछन ।

    अब रेल साओसान पुगेको चालकले उद्घोषण गरे । उनको यस्तो उद्घोषणताराको कान सम्म पनि पुग्यो होला ? त्यहि भएर उनि अलि अलि चलिन । म प्रकृतिको नियम मान्ने मान्छे हुँ । त्यसैले राति सुत्छु र दिउसो उठछु । उनि ठेक्कै त्यस्तो छैनन् । हवाई जहाज, पानि जहाज, रेल र मोटर भित्र पस्ने बितिक्कै कुम्भकर्ण झैँ शित निन्द्रामा जान्छिन् । अनि गन्तब्य पुरा हुनै लाग्दा यसरि आँखा मिच्दै मिच्दै उठ्छिन । तर आज यसरि आँखा मिच्दै उठेको देख्दा चाही भर्खरको जुरेली चरीको बच्चा जस्तै देखिइन । त्यहि भएर आफ्नो प्यारीलाई एकक्षण धेरै प्यारले हेरी रहे ।

    छाङ्सा देखि साओसानको दुरी ८० किलोमिटर थियो । जसलाई पुरा गर्न बुलेट ट्रेनलाई जम्मा २३ मिनेट लाग्यो ्रहाम्रो देशमा पनि यस्तो सुबिधा भए बुईपामा बसेर काठमाण्डौमा काम गर्थे । तर के गर्ने ? भर्खरै मात्रै त कम्युनिस्टहरु रास्ट्रपति, प्रधानमन्त्रि, मन्त्री र मुख्य मन्त्रीहरु भएका छन् । सायद आशा गरौ अर्को वर्ष तिर केहि होला कि ?वा चिनियाहरुलाई नै गुहार्नु पर्ने हो ? रेल बिना आवाज रोकियो । आ(आफ्नो सामान उचालेर रेल बाट झर्यौ । जमिनमा राम्रो खुट्टा टेक्न नपाउदै ‘खै माओको घर ?’ ताराले हतार हतार प्रश्न गरिन । केहि अघि सम्म हाम्रो यात्रा एकदम शान्त थियो । अब उनि उठिन अनि मेरो परिक्षा सुरु गर्न थालिन । मनमनै सोचे हाम्रो यात्रामा क्रममा सबैभन्दा अशल तउनि सुतेकै ठिक रहेछ ।

    म पनि के कम ? ‘लाटी ! कहा यहाँ हो त । अझैँ केहि जानु पर्छ ।’ छोटो तर नापिएको जबाफ फर्काए ।

    ‘साओसान, पो भन्नु हुन्थ्यो ?’ फेरी मुख खोलिन ।

    एक क्षण चुपचाप बसे । किनभने यसरी सबै प्रश्नहरुको उतर धमाधम दिदै जाने हो भने आजको दिन यहि बास पर्छ, जस्तो लाग्यो । बरु स्टेसन बाट बाहिर चाहि कसरि निस्कने होला ? नया चुनौती थपियो । त्यहि भएर दाया बाया नक्साहरु हेर्न थाले । नारीको हृदय शिशा झैँ कमजोरी हुन्छ, भन्छन । त्यसैले आफ्नो गन्तब्य नपुग्दै फुटी हाल्यो भने बर्बाद । त्यसैले नबोली, नबोली सरासर हिडन पनि मेरो मनले मानेन ।  ‘तारा ! अब केहि समय मुख बन्द गरेर पछ्याउनु है,’ मात्रै भने ।

    बाहिर निस्कने बाटो पत्ता लगाए । र स्टेसन बाट बाहिर निस्कियौ । बाहिर मान्छेहरुको ठुलो भिड रहेछ । अनि तिनै भिड बाट अनायस ‘माओ जी दुंग, माओ जी दुंग’ भन्ने आवाज गुन्जिरहेको सुनियो । यसो सोचे !चिनियाहरुले ‘माओ त्से तुंग’ लाई ‘माओ जी दुंग’ भन्छन होला ?

    ‘के खोज्छस कानो आँखो’ भने झैँ हामी पनि सायद जानु पर्ने त्यतै होला भनेर आवाज प्रति बिश्वास गर्दै तिनै भिड तिरलाग्यौ ।

    अचानक भिड बाट एउटी सिन्का जस्ती युबती उदाईन । र उनले ट्याक्सी या कोच कुनमा जाने भनेर हामीलाई प्रश्न गरिन ? मैले औलाले कोच तिर संकेत गरे । किनभने कम्युनिस्ट रास्ट्रमा आएर अलिकति भए पनि मितव्ययिता अपनाउन लोभ लाग्यो । त्यसपछी नजिकैको कोचमा चढ्यौ । उनि फेरी भिड तिर बिलिन भईन । अह ! हाम्रो दोहोरो बात हुन सकेन । त्यसैले कोचमा चढे पनि यो कहासम्म जाने होलाभनेर ठेक्कै यकिन भएन ।

    केहि समय पछी कोच भरियो । यस पटक अर्को दुई वटी स्वर्गको परिहरु कोच भित्र छिरे । अनि उनीहरुले पालैपालो चाइनिज भाषामा लामो भाषण गरे । अह ! अंग्रेजीको एक्कै शब्द पनि उच्चारण गरेनन् ्र अब बिस्तारै बिस्तारै मेरो मन भित्रको सागरमा त्राशको छाल आउन सुरु भयो ।

    ‘आउनु भयो कि माओको घर ?’ ताराले मेरो त्राशको भारी माथि सुफाडी थपिन ।

    ‘आ….! कोच भित्र छौ, जता जाला जोगी भातै खाला ।’ त्यति मात्रै भन्दिए 

    उनीहरुको भाषण सकियो । त्यसपछी टिकट बेच्न सुरु गरे । उनीहरुले बिभिन्न प्रकारको टिकटहरु देखाउन थाले ।  यसो कतै अंग्रेजीमा पनी लेखिएका छन् कि भनेर मागेर हेरे । अह ! त्यस्तो केहि देखिएन । अब यतिधेरै टिकटहरु के के होलान् ? फेरी मज्जाले अर्को चुनौती थपियो ।

    खै ! के भन्ने होला ? मलाई लाग्यो, यस पटक माओको जन्मघरको यात्रा चाहि ‘निल्नु न ओकल्नु’ भयो । लामो सास तानेर एक क्षण शान्त बसे  कोचको मात्रै टिकटकाट्ने सोच बनाए । अनि त्यसै गरे । अब माओको घर सम्म पुग्यौ, अनि बाकि निर्णय उतै गरौला है, तारालाई भने ।

    कोचले बाटो ततायो । बाहिर मध्यान्हको टन्टलापुर घाम थियो । बेलायतको जाडो मौसम बाट आएकोले होला ? बाहिरयस्तो घाम देख्दा मन भित्र आनन्द हुन्थ्यो । अनि यति ठुलो ८ लेनका शुन्य बाटोमा हाम्रो मात्रै कोच एक रफ्तारले गुडिरहेको थिए । यस्तो देखे पछी तारा दङ्ग परिन ।

    ‘होइन ! यो बाटो कि, एअरपोर्ट हो ?’फेरी उनैले मुख खोलिन ।

    उनको त्यो भनाईले मलाई केहि आश्चर्य लागेन्र किनभने यहाको बाटोहरु सोचेको भन्दा अति ठुला हुन्छन भनेर पहिले नै सुनेको थिए । फरक त्यति हो, आज आफ्नै आँखाले देख्न पाइयो । बरु मनमनै यसलाई त्रिभुवन विमानस्थल संग पो दाजे । साच्चै, हाम्रो देशको विमानस्थलको धावन मार्ग भन्दा पनि यहाको बाटो ठुलो रहेछन कि के हो ?

    केहि क्षणमा कोच रोकियो । यसरि कोच रोकिए पछी सबै यात्रुहरु झर्नको लागि जरेक जुरुक उठे । अब यसको गन्तब्यमा पुगीएछ भन्ने शंका काट्यौ । यसरि थाहा नपाई, नपाई यात्रा गर्नु र अँध्यारोमा हाम फाल्नु एउटा जस्तै लाग्यो । तर के गर्ने ? हामी संग अन्य उपाए पनि थिएन । त्यहि भएर अब झर्नको लागि तयारभयौ । तर झरेर पो कहा जाने ? फेरी अगाडी अर्को आपत आई लाग्यो ।

    कोच बाट झर्दै गर्दा माओको घर नदेखे पछी ‘श्रीमान् ज्यु ! अब कता ? खै माओको घर ? कुन हो ? सजिलै पो पुगिन्छ भन्नु हुन्थ्यो ?’व्यंगात्मक प्रश्नहरु तेर्सिन थाले ।

    यस्तै नाना थरिको प्रश्नहरु बर्सेलान भनेर म डराई डराई कदम चाल्दै थिए । अबसर पाए पछी के बाकि राख्थिन । धमाधम धनुष बाण प्रहार गरिन । मेरो कान सान थुतेर मिल्काई दिउ झैँ भए । त्यसैले चुपचाप बस्नु बाहेक अन्य विकल्प थिएन । त्यहि भएर धैर्यको औषधी खाएर मौन भएर बसे ।

    कोचको वरी परि बिशाल मोटर पार्क थिए । र सिधै अगाडी बडेमानको महल देखिन्थे । अरु कुनै उपाए नचले पछी तिनै महल तर्फ कदम बढाए । अनि तारालाई पछ्याउनु है सम्म भने ।

    महलको अगाडी पुग्यौ । सिधै अगाडी मस्की रहेकी केहि आकर्षक युवतीहरुको देखिए । अब यिनीहरु संग मेरो म्यान्डरिन पो अभ्यास गर्नु पर्यो, तारालाई भने  ।

    ‘तपाई ! मान्छे पनि धनुष्टंकरले खाएर बाकि रहेको अस्थिपन्जर जस्तै हुनुहुन्छ । के बुझ्ला तपाईको म्यान्डरिन ?’ खरो जबाफ पाए ।

    एउटा बिरालो कालो होस या सेतो ! मुसा मार्यो भने केहि फरक पर्दैन ।’

    देङ् साओपीङ्को भनाईले यस पटक उतर दिए ्र उनि तिनै महामानव हुन् जसले परिकल्पना गरेको चीन आजको चिन हुन गएको छ ।

    अब उनले एक क्षण मुख बन्द गरिन । सायद मलाई ति युवतीहरु संग बोल्ने अवसर दिएकी होलि भन्ठाने । त्यसैले मौकाको फाइदा उठाउदै मैले म्यान्डरिन सुरु गरे ।

    “नि हुइ यिन्गो मा ?”

    त्यति भनेको मात्रै के थिए । एउटीले स्वाट्टै हात उठाईन । अनि ‘के म तपाईलाई सहयोग गर्नु सक्छु ?’हात उठाउनेले अंग्रेजीमा प्रति प्रश्न गरिन ।

    उनकी यस्तो कुरो सुने पछी म अग्नि परिक्षा पास भए जस्तै लाग्यो । बिस्तारै ताराको मलिन मुहारमा परिबर्तनका संकेतहरु देखा पर्न थाले ।मेरो पछीपछी आउनुहोस, भन्दै रिसेप्सनमा पुर्याईन ।र त्यहा उनले भने अनुसारको टिकटहरुखरिद गर्यौ । त्यसपछी बिभिन्न ढोकाहरु पार गराउदै घर बाहिर पुर्याईन । यसो सम्झे, यिनलाई नभेटेको भए हाम्रो के पत्ता चल्थ्यो ?

    घर पछाडी पनी अगाडी जस्तै ठुलो कोच पार्क रहेछ । जहा ८०(९० वटा कोचहरु रमित लाग्दो पार्क गरिएका थिए । ‘एक क्षण यहि बस्दै गर्नुहोस,’ उनले आग्रह गरिन । र केहि समय पछी एकजना चालक संग फेरी उपस्थित भईन ।

    चालकलाई पहिले माओको जन्मघरमा लानउनले निर्देशन दिईन । त्यसपछी अन्य स्थानहरु लाने भनिन । उनलेहामी प्रति गरेको यतिधेरै सहयोग देख्दा “नारीको हृदयमा इश्वरले बास गरेका हुन्छन” भन्थे सहि झैँ लाग्यो । तर क्षण क्षणमा प्रश्न मात्रै ओइराउने नेपाली नारीमा त खै के इश्वरलेबास गर्ला ?

    उनि संग छुटने बेला हुनै लाग्यो । त्यसैले थोरै पिरमा परे ्रमनमनै यिनलाई के टक्र्याउ जस्तो भए । तै पनि टक्र्याउनको लागि केहि उपलब्ध थिएन । कमिजको गोजीबाट एकसयको नयाअमेरिकन डलर निकालेर धन्याबाद संग मिसाएर दिन खोजे । ताराले यो चाल पाईन । पर्दैन, पर्दैन भनेर उनले मेरो कान स्वाट्टै फुकिन । एउटा नारि खुशी बनाउदा,अर्को नारि दुखि हुने देखेर ठुलो धर्मसंकटमा परे ।

    फ्यास्सै अन्तिम मुस्कान छाडिन र हात उठाउदै बिदा भईन ्रअब कोचमा हामी दुई जना मात्रै भयौ ्र बाकी सबै सिटहरुले हामीलाई हेरी रहे ्र केहि क्षणमा चालकले कोच रोके ्र अनि माओको घर नजिकै पुगेको जानकारी गराए ्र र कोच बाट झरेर उनले हामी जाने ठाउ देखाई दिए ्र

    त्यसपछी उनले देखाएको ठाउ तिर लाग्यौ ्र जताततै चिनिया पर्यटकहरु बग्रेल्ती देखिन्थे ्र धेरैजसो पर्यटकहरु बिभिन्न गाउ, स्कुल, कलेज र प्रदेश बाट आएका थिए ्र कतिपयले खाकी रंगका पहिरनमा रातो तारा अंकित टोपी लगाएका थिए ्र यी तारे टोपी देख्दा नेपालमा खान नपाएर चन्दा मात्रै मागीहिडने नक्कली माओबादीहरुलाई सम्झे ्र यसो सोचे, माओको देशमा देखिएका यिनीहरु चाहि सायद सक्कली हुन् कि ?

    पर्यटकहरु जताततै हिडेका थिए ्र बाटै बाटो,खेतको आलीर खोल्साको किनारै किनार भएर गएका पनि देखिए ्र हामी पनि भर्खरै खेतमा पाकेका खर्बुजा घारी छिचोल्दै हिड्यौ ्र यस्तो देख्दा साम्यवादी शासन ब्यबस्थामा सामजिक संजाल चलाउन नपाईने, जे पायो त्यही लेख्न, बोल्न र पढन नपाईने भए पनि जथाभाबी हिड्न चाहि मज्जाले पाइने रहेछ भन्ने अनुभूति भयो ्र

    अलिकति सास बाकि राखेर बल्ल बल्ल माओको जन्मघर पुग्यौ ्र यहा आई पुग्न धेरै कस्टहरु झेल्नु पर्यो ्र त्यसैले अहिले यहा आई पुग्दा पुनर्जन्म पाए झैँ प्रफुल्ल मुद्रामा थियौ ्र अझै भनौ, हाम्रा मनहरु हावाको झोक्कामा उडी हिडने पुतली झैँ फुरुंग भएका थिए ्र यसो सोच्यौ ! हाम्रो जिन्दगीमा यो भन्दा ठुलो शौभाग्य अरु के हुन सक्तथे होला ?

    सम्झनाका लागि केहि तस्बिरहरु लिन थाल्यौ ्र अचानक एउटा राम्रो संयोग जुर्यो ्र नान जिंङ्का एउटी कमरेड युवती संग भेट भयो ्रउनले माओको जन्म २६ डिसेम्बर १८९३ मा यहि भएको थियो ्र त्यसपछी उनि सन् १९१० मा अध्यानको लागी छाङ्सा गएर १९१२ मा यहि घर फर्केका थिए ्र त्यसपछी उनि भूमिगत भए ्र र सन् १९२५ मा यस घरलाई कोमिन्ताङ सरकारले जलाई दिएकाथिए ्र पछी सन् १९५० मा कम्युनिस्ट सरकारले यसलाई हुबहु निर्माण गरिदिएका हुन्, भनिन् ।

    घर बाहिर रभित्र मान्छेहरुको असाध्यै भिड थिए ्र हुन त चीनमा भिड हुनु कुनै नौलो कुरो होइन ्रहामी पनि लाम लागेर घर भित्र छिर्यौ ्र त्यसपछी त्यहा देखिएका हरेक चिजलाई मन्त्रमुग्ध भएर नियाल्यौ ्र घर भित्र स्मारिकाको सानो दोकान रहेछ ्र जहा माओको मुर्तिहरु, बन्दुकका गोलीहरु, लालबुक देखि विभिन्न पुस्तकहरु बेच्नका लागि राखिएका थिए ्र मैले पनि माओको घर पुगेको सम्झनाको लागि एउटा लालबुक किने ्र सबैभन्दा आश्चर्य चाही त्यतिबेला भयौ ्र जतिबेला प्रसन्न मुद्रामा रहेका माओको शालिक संग तस्बिर लिन मान्छेहरु एक अर्कामा माहुरी झैँ खप्टि रहेका देखिए ्र त्यसरी पनि के तस्बिर लिने ? त्यहि सम्झेर हामी क्रमसस् बिस्तारा, भान्सा कोठा, खाना खाने ठाउ र उनका कार्यालयको नजर लगायौ ्र

    अब घर बाहिर निस्कियौ ्रत्यसपछि घर पछाडिको करेसा बारी र वरिपरीको बाताबरणलाई नजर लगायौ ्रघरको सिधै अगाडी रहेको तलाउ तिर हिड्दै गयौ ्र तलाउका छेउ छेउमा हिडनेगोरेटोहरु रहेछन् ्र तिनै गोरेटोको किनारमा माओको सम्झनामा लहरै रोपिएका रुखका बिरुवाहरु कति राम्रा देखिएका थिए ्रअनि उनले युवा अबस्थामा यहा बिताएका जिन्दगीका कल्पना गर्दै यिनै गोरेटोहरुलाई चक्कर मार्यौ ्र

    अब यस्तो ऐतिहासिक स्थललाई बिटो मार्दै थियौ ्र त्यसैले यी पलहरु सम्झेर तारा भाबविह्वल बनिन ्र किनभने साओसानको लागि भने यो यात्रा नै हाम्रो जिन्दगीको‘पहिलो र अन्तिम’ थियो ्र‘जिन्दगीमा हामीले जान चाहेको प्रत्यक ठाउजान सकेनौ होला ्रतर हामी पुग्नै पर्ने ठाउमा क्रमशस् पुगी रहेको छौ,’ भन्दैउनलाई केहि खुशी दिन खोजे ्र

    सम्भबत माओलेजिन्दगीमा चाहेको जति सबैकुरो पुरा गरे ्रतै पनि उनको मृत्यु पछिको इच्छा चाही पुरा हुन सकेनन् ्र उनको मृत्यु पछी उनको पार्थिक शरीर जन्मघर नजिकै साओशान डाँडामा राखिओस भन्ने चाहन्थे ्र तर उनका उताराधिकारिहरुले त्यसलाईअस्विकारगरिदिए ्र

    ९ सेप्टेम्बर १९७६को दिन माओको दुखद निधन भयो ्रकम्युनिस्ट पार्टीले सगरमाथा लगायत चीनको सबै प्रदेशहरु बाट ढुंगाजम्मा गरेर टिनानमेन चोक, बेइजिंगमा माओ त्से तुंग मेमोरियल हलको निर्माण गरे ्र यिनै हलमा उनि २४ मे १९७७ देखि अहिले सम्म आराम साथ सुतिरहेका छन् ्र हामीले भर्खरै बेइजिंगको यात्रामा तिनै हल पुगेर माओलाई भेटेका थियौ ्र

    साओसान आउनु अगाबै ‘हाईगेट’ पुगेको थिए ्र किनभने यो वर्ष मार्क्स जन्मेको दुई शताब्दिको पुर्ब सन्ध्याथियो ्र उनि जन्मेको मे ५को दिन उनको समाधिस्थल हाइगेट पुगेर एउटा फुल चढाएको थिए ्र मार्क्सको मृत्युको समयमा भेला भएको ११ जना मलामिहरुमध्य एंगेल्स मुख्य पात्र थिए ्र किनभने एंगेल्सले नै उनको अन्तिम बिदाई भाषण गरेका थिए ्र उनका बिदाईका ति शब्दहरु अहिले सम्म मैले याद गरेको छु ्र जुन ठाउमा एंगेल्स उभिएका थिए, ठेक्कै तिनै पाइला माथि टेकेर मार्क्सको चिहानमा लेखिएका स्वर्णिम अक्षर ‘बिश्व भरिका मजदुर एक हौ’ लाई राम्ररि नियालेका थिए ्र

    “हाईगेट देखि साओसान सम्म” यात्राको पर्दा बन्द हुनै आटेको थियो ्र त्यसैले एउटा ट्याक्सी पक्रेर साओसान रेल स्टेसन फर्कदै थियौ ्र यसरि फर्कदै गर्दा यहाको प्रत्यक घरहरुको भित्तामा माओको ठुला ठुला तस्बिर र पेंटिंगहरु मात्रै देखिन्थे ्र लाग्दथ्यो, साओसानको पुरै गाउ उनका मुर्ति र तस्बिरहरुले बैशाख जेठमा फुल्ने शाकुरा फुलले झैँ छपक्कै ढाकेका छन् ्र

    ट्याक्सीको गतिबढ्दै गयो ्र र तिनै गतिसंग संगै माओलाई भुल्न सुरु गरे ्र अनि उनको सट्टामा फेरीएक पटक तिनै मार्क्सको याद गरे ्रमार्क्स र एंगेल्सले लेखेको ‘कम्युनिस्ट घोषणा पत्र’ को अन्तिम पानाको, अन्तिम हरपको, अन्तिम वाक्यांशलाई फेरी एक पटक सरर मनन गरे ्र संक्षेपमा भन्ने हो भने बिश्व बाट “व्यक्तिगत सम्पति निर्मुल” हुनुपर्छ ्र अब तिनै कम्युनिस्ट घोषणा पत्र मान्ने कम्युनिस्ट रास्ट्रमा छौ ्र त्यसैले तारालाई सुटुक्कै भने ्र

    “हेर प्यारी ! सायद आज ट्याक्सी चालकलाई यहा पैसा तिर्न पर्दैन होला ?”
    मैले यसरि भनेको कुरो उनले बुझ्नै सकीनन ्र त्यसैले तीन, तीन पटक सोधिन ्र
    ‘किन ! किन ! किन ्र’

    लिभरपुल, बेलायत
    हाईगेट देखि साओसान सम्म
    (भिम राई
    २० अक्टोबर २०१७ ्र

    तारा संग छाङ्सा, हुनानमा थियौ ्र समय बिहानको १० बजेको थियो ्र होटलको ढोका बाट टक टक आवाज आयो ्र त्यसैले ढोका खोले्र होटलको चालक मिंग देखा परे ्रहामी होटल छाड्न तयार भई सकेका थियौ ्र त्यसैले उनि संग उच्च गति (हाई स्पीड) को ट्रेन स्टेसन छाङ्सा दक्षिण तर्फ लाग्यौ ्र

    यहा बाट साओसान जादै थियौ ्र किनभने त्यहि अध्यक्ष माओ त्से तुंगको जन्म भएको थियो ्र

    बिहानीको मौसम सफा थियो ्र सुर्यको किरण भर्खरै धर्तीमा झर्दै थिए ्र तै पनि मध्यान्हको जस्तै कडा महसुस हुन्थे ्र ट्रेन स्टेसन पुगे पछी आ(आफ्नो सुटकेस गुडाउदै यस भित्र छिर्यौ ्र

    ‘मेरी बाबै ! कति धेरै मानिसहरुको भिड्र अहिले नै पसिना आई सक्यो ्र’ ताराले मुख खोलिन् ्र

    ‘बुढिया !यति जाबो केहि होइन ्र’अलिकति शान्त्वना दिए ्र

    बरु !प्रस्थान कक्षा कता होला ?

    यसो दाया बाया नक्सा हेर्न थाले ्रतर व्यर्थैमा के झमेला गरि रहने ? यसको सट्टामा एउटा उपाए रचे ्र त्यसैले नजिकै उभिरहेकी अधबैसे स्त्रीसंग बोल्न गए ्र थोरै मुस्कुराउदै ‘प्रस्थान कक्षा कता होला ?’भनेर प्रश्न गरे ्र उनले छोटकारीमा ‘जाइ नाली’ भन्दै उभो तिर देखाइ दिईन ्र

    उनको भनाईले केहि राहत मिल्यो ्र त्यसैले बिधुतिय भर्यांग बाट सरासर माथिलो तला तर्फ लाग्यौ ्रमाथिलो तलामा पुग्ने बितिक्कै प्रस्थान कक्षा देखीए ्र अब दुबै जनाको मुहारमा खुसिका तरङ्गहरु देखा पर्न थाले ्र

    सुरक्षा ढोका पास गर्यौ ्र त्यसपछि कर्मचारीहरुले टिकट जाच गरे ्र अनि ट्रेनको प्लेटफर्ममा झर्यौ ्र र आफु चढनै लागेको ट्रेनको डिब्बा नम्बर भुईमा खोज्न थाल्यौ ्र हाम्रो डिब्बा केहि टाढा परेछन ्र बल्ल त्यहा पुगेर आफ्नो ट्रेनको प्रतिक्षा गर्यौ ्र

    केहि समय पछी ट्रेन आयो ्र केहि हर्षको साथ यस भित्र पस्यौ ्र ट्रेनका सिटहरु अति राम्रा देखिन्थे ्र त्यहि भएर हतार हतार आफ्नो सिटमा बसी हाल्यौ ्र

    यसरि कमलको भुवा माथि झैँ आराम साथ सिटमा बसे पछीमैले नै मुख खोल्न सुरु गरे ्र

    ‘तारा ! जिन्दगि एउटा मात्रै जिउनु पर्छ ्र यदि यसैलाई राम्रो बनाउने हो भने यो नै काफी छ ्र’

    डगलस अडाम्सको भनाई सुनाए ्र हेरन ! कति आरामदायी सिट रहेछन् ्र साच्चै, स्वर्गीय आनन्द भनेको यसैलाई भन्छन क्यारे, होइन ? अझै आगोमा घिउ थपे ्र

    अह ! उनि एकै शब्द बोलिनन् ्र सर्लक्कै आँखा चिम्लिनर अर्को तिर फर्किन ्र म पनि के कम ? भावनामा सागरमा चुर्लम्ब डुब्न थाले ्र अनि यिनै आरामादायी सिटहरु सङ बोइंग ७८७ ड्रिमलाइनर र एअरबस ३८० संग दाज्न थाले ्र सम्भबत यिनै पो राम्रो हुन कि ?भन्ने सोचे ्र

    केहि समय पछी रेल गुड्यो ्र मलाई रेल गुडेको भन्दा पनि बिस्तारै बिमानमा उडे झैँ महसुस भयो ्र ताराले आँखा नखोले पछी मेरा लोभी नजर यता उता डुलि रहे ्र मुख्यद्वारको सिधै माथि सानो बिधुतिय सूचना दिने ठाउँ थिए ्र त्यहा अंग्रेजी र चाइनिजमा क्रमै संग सूचनाहरु झुल्कन्थे ्र र केहि समय पछी बिलिन हुन्थे ्र

    यसरि रेल गुडेको केहि मिनेटमा नै रेलले ३१० किलोमिटर प्रति घन्टाको गति लियो ्र जुन गति सूचना बोर्डमा पटक पटक देखिन्थे ्र नेपालको आफ्नै भूमिमा रेल कहिले आउने होला भनेर कम्युनिस्टहरुको शासन पर्खेर बसेकोमान्छे, म ्रचीनमा पुगेर रेलको गति यति धेरै देख्दा आश्चर्य चकित भए ्र तर यति बिघ्न गतिले अचानक केहि दुर्घटना भै हाल्ला कि भनेर मन भित्र कताकता त्रास पनि पैदा गरायो ्र

    समय निरन्तर बहने नदि झैँ बहि रह्यो ्र रेलले गतिलिने क्रम पनि जारि राख्यो ्र अनि यसको गति संग संगै रेल भित्रको परिचारिकाहरुले पनि गतिबढाई हाले ्र उनीहरुले पहिले बेच्नका लागि पेय पदार्थहरु ल्याए ्र त्यसको साथ साथै बिभिन्न प्रकारको चाइनिज परिकारहरु धमाधम ट्रलीमा गुडाउन थाले ्र यो देखे पछी मानिसहरुले किन्दै खान थाले ्र र कसै कसैले यति बिहानै देखि पिउनथाले ्रयहा भित्रका यस्तो बाताबरण देखे पछी साम्यवादी शासन ब्यबस्था भए पनि यहाका मानिसहरु आफ्नो जिन्दगि संग अति सुखी रहेछन्, भन्ने लाग्यो ्र

    परिचारिकाहरुले यति धेरै चकचक गरे ्र तै पनि ताराले आँखा खोल्ने सुरसार गरिनन् ्र यस भित्रको बाताबरण अति ब्यबस्थित देखिन्थे ्र मिनेट मिनेटमा ‘लाशी– लाशी’ भन्दै फोहोर उठाउने आकर्षक छोकड़ीहरु रेलको अगाडी भाग बाटपुर्णिमाको चन्द्रमा झैँ झुल्कन्थे ्र र केहि क्षणमा पछाडी तिर अस्ताउथे ्र

    उनीहरु सबै हराएका बेला डिब्बामा एकाध शुन्यताले छाउथे ्र त्यसैले त्यति बेला समय कटाउन मेरा लोभी नजर झ्याल बाटबाहिरतिर डुलाउने गर्थे ्र मनमनै लाग्थ्यो, रेल घरको धुरी धुरी भएरदगुरि रहेको होला ? किनभने कमिला जत्रा मानिसहरु र नागबेली बाटाहरु हामी भन्दा धेरै तल तल देखिन्थे ्र यस्तो देख्दा लाग्दथ्यो, हामी जस्ता अशल छिमेकी रास्ट्रलाई थाहै नदिई चिनियाहरुले कल्पना र बिकाश संग संगै हिडाएका रहेछन ्र

    अब रेल साओसान पुगेको चालकले उद्घोषण गरे ्र उनको यस्तो उद्घोषणताराको कान सम्म पनि पुग्यो होला ? त्यहि भएर उनि अलि अलि चलिन ्र म प्रकृतिको नियम मान्ने मान्छे हुँ ्र त्यसैले राति सुत्छु र दिउसो उठछु ्र उनि ठेक्कै त्यस्तो छैनन् ्र हवाई जहाज, पानि जहाज, रेल र मोटर भित्र पस्ने बितिक्कै कुम्भकर्ण झैँ शित निन्द्रामा जान्छिन् ्र अनि गन्तब्य पुरा हुनै लाग्दा यसरि आँखा मिच्दै मिच्दै उठ्छिन ्र तर आज यसरि आँखा मिच्दै उठेको देख्दा चाही भर्खरको जुरेली चरीको बच्चा जस्तै देखिइन ्र त्यहि भएर आफ्नो प्यारीलाई एकक्षण धेरै प्यारले हेरी रहे ्र

    छाङ्सा देखि साओसानको दुरी ८० किलोमिटर थियो ्र जसलाई पुरा गर्न बुलेट ट्रेनलाई जम्मा २३ मिनेट लाग्यो ्रहाम्रो देशमा पनि यस्तो सुबिधा भए बुईपामा बसेर काठमाण्डौमा काम गर्थे ्र तर के गर्ने ? भर्खरै मात्रै त कम्युनिस्टहरु रास्ट्रपति, प्रधानमन्त्रि, मन्त्री र मुख्य मन्त्रीहरु भएका छन् ्र सायद आशा गरौ अर्को वर्ष तिर केहि होला कि ?वा चिनियाहरुलाई नै गुहार्नु पर्ने हो ?

    रेल बिना आवाज रोकियो ्र आ(आफ्नो सामान उचालेर रेल बाट झर्यौ ्र जमिनमा राम्रो खुट्टा टेक्न नपाउदै ‘खै माओको घर ?’ ताराले हतार हतार प्रश्न गरिन ्र केहि अघि सम्म हाम्रो यात्रा एकदम शान्त थियो ्र अब उनि उठिन अनि मेरो परिक्षा सुरु गर्न थालिन ्र मनमनै सोचे हाम्रो यात्रामा क्रममा सबैभन्दा अशल तउनि सुतेकै ठिक रहेछ ्र

    म पनि के कम ? ‘लाटी ! कहा यहाँ हो त ्र अझैँ केहि जानु पर्छ ्र’ छोटो तर नापिएको जबाफ फर्काए ्र

    ‘साओसान, पो भन्नु हुन्थ्यो ?’ फेरी मुख खोलिन ्र

    एक क्षण चुपचाप बसे ्र किनभने यसरी सबै प्रश्नहरुको उतर धमाधम दिदै जाने हो भने आजको दिन यहि बास पर्छ, जस्तो लाग्यो ्र बरु स्टेसन बाट बाहिर चाहि कसरि निस्कने होला ? नया चुनौती थपियो ्र त्यहि भएर दाया बाया नक्साहरु हेर्न थाले ्र नारीको हृदय शिशा झैँ कमजोरी हुन्छ, भन्छन ्र त्यसैले आफ्नो गन्तब्य नपुग्दै फुटी हाल्यो भने बर्बाद ्र त्यसैले नबोली, नबोली सरासर हिडन पनि मेरो मनले मानेन ्र ‘तारा ! अब केहि समय मुख बन्द गरेर पछ्याउनु है,’ मात्रै भने ्र

    बाहिर निस्कने बाटो पत्ता लगाए ्र र स्टेसन बाट बाहिर निस्कियौ ्र बाहिर मान्छेहरुको ठुलो भिड रहेछ ्र अनि तिनै भिड बाट अनायस ‘माओ जी दुंग, माओ जी दुंग’ भन्ने आवाज गुन्जिरहेको सुनियो ्र यसो सोचे !चिनियाहरुले ‘माओ त्से तुंग’ लाई ‘माओ जी दुंग’ भन्छन होला ?

    ‘के खोज्छस कानो आँखो’ भने झैँ हामी पनि सायद जानु पर्ने त्यतै होला भनेर आवाज प्रति बिश्वास गर्दै तिनै भिड तिरलाग्यौ ्र

    अचानक भिड बाट एउटी सिन्का जस्ती युबती उदाईन ्र र उनले ट्याक्सी या कोच कुनमा जाने भनेर हामीलाई प्रश्न गरिन ? मैले औलाले कोच तिर संकेत गरे ्र किनभने कम्युनिस्ट रास्ट्रमा आएर अलिकति भए पनि मितव्ययिता अपनाउन लोभ लाग्यो ्र त्यसपछी नजिकैको कोचमा चढ्यौ ्रउनि फेरी भिड तिर बिलिन भईन ्र अह ! हाम्रो दोहोरो बात हुन सकेन ्र त्यसैले कोचमा चढे पनि यो कहासम्म जाने होलाभनेर ठेक्कै यकिन भएन ्र

    केहि समय पछी कोच भरियो ्र यस पटक अर्को दुई वटी स्वर्गको परिहरु कोच भित्र छिरे ्र अनि उनीहरुले पालैपालो चाइनिज भाषामा लामो भाषण गरे ्रअह ! अंग्रेजीको एक्कै शब्द पनि उच्चारण गरेनन् ्र अब बिस्तारै बिस्तारै मेरो मन भित्रको सागरमा त्राशको छाल आउन सुरु भयो ्र

    ‘आउनु भयो कि माओको घर ?’ ताराले मेरो त्राशको भारी माथि सुफाडी थपिन ्र

    ‘आ….! कोच भित्र छौ, जता जाला जोगी भातै खाला ्र’ त्यति मात्रै भन्दिए ्र

    उनीहरुको भाषण सकियो ्र त्यसपछी टिकट बेच्न सुरु गरे ्र उनीहरुले बिभिन्न प्रकारको टिकटहरु देखाउन थाले ्र यसो कतै अंग्रेजीमा पनी लेखिएका छन् कि भनेर मागेर हेरे ्र अह ! त्यस्तो केहि देखिएन ्र अब यतिधेरै टिकटहरु के के होलान् ? फेरी मज्जाले अर्को चुनौती थपियो ्र

    खै ! के भन्ने होला ? मलाई लाग्यो, यस पटक माओको जन्मघरको यात्रा चाहि ‘निल्नु न ओकल्नु’ भयो ्र लामो सास तानेर एक क्षण शान्त बसे ्र कोचको मात्रै टिकटकाट्ने सोच बनाए ्र अनि त्यसै गरे ्र अब माओको घर सम्म पुग्यौ, अनि बाकि निर्णय उतै गरौला है, तारालाई भने ्र

    कोचले बाटो ततायो ्र बाहिर मध्यान्हको टन्टलापुर घाम थियो ्र बेलायतको जाडो मौसम बाट आएकोले होला ? बाहिरयस्तो घाम देख्दा मन भित्र आनन्द हुन्थ्यो ्र अनि यति ठुलो ८ लेनका शुन्य बाटोमा हाम्रो मात्रै कोच एक रफ्तारले गुडिरहेको थिए ्र यस्तो देखे पछी तारा दङ्ग परिन ्र

    ‘होइन ! यो बाटो कि, एअरपोर्ट हो ?’फेरी उनैले मुख खोलिन ्र

    उनको त्यो भनाईले मलाई केहि आश्चर्य लागेन्र किनभने यहाको बाटोहरु सोचेको भन्दा अति ठुला हुन्छन भनेर पहिले नै सुनेको थिए ्र फरक त्यति हो, आज आफ्नै आँखाले देख्न पाइयो ्र बरु मनमनै यसलाई त्रिभुवन विमानस्थल संग पो दाजे ्र साच्चै, हाम्रो देशको विमानस्थलको धावन मार्ग भन्दा पनि यहाको बाटो ठुलो रहेछन कि के हो ?

    केहि क्षणमा कोच रोकियो ्र यसरि कोच रोकिए पछी सबै यात्रुहरु झर्नको लागि जरेक जुरुक उठे ्र अब यसको गन्तब्यमा पुगीएछ भन्ने शंका काट्यौ ्र यसरि थाहा नपाई, नपाई यात्रा गर्नु र अँध्यारोमा हाम फाल्नु एउटा जस्तै लाग्यो ्र तर के गर्ने ? हामी संग अन्य उपाए पनि थिएन ्र त्यहि भएर अब झर्नको लागि तयारभयौ ्र तर झरेर पो कहा जाने ? फेरी अगाडी अर्को आपत आई लाग्यो ्र

    कोच बाट झर्दै गर्दा माओको घर नदेखे पछी ‘श्रीमान् ज्यु ! अब कता ? खै माओको घर ? कुन हो ? सजिलै पो पुगिन्छ भन्नु हुन्थ्यो ?’व्यंगात्मक प्रश्नहरु तेर्सिन थाले ्र

    यस्तै नाना थरिको प्रश्नहरु बर्सेलान भनेर म डराई डराई कदम चाल्दै थिए ्र अबसर पाए पछी के बाकि राख्थिन ्र धमाधम धनुष बाण प्रहार गरिन ्रमेरो कान सान थुतेर मिल्काई दिउ झैँ भए ्र त्यसैले चुपचाप बस्नु बाहेक अन्य विकल्प थिएन ्र त्यहि भएर धैर्यको औषधी खाएर मौन भएर बसे ्र

    कोचको वरी परि बिशाल मोटर पार्क थिए ्र र सिधै अगाडी बडेमानको महल देखिन्थे ्र अरु कुनै उपाए नचले पछी तिनै महल तर्फ कदम बढाए ्र अनि तारालाई पछ्याउनु है सम्म भने ्र

    महलको अगाडी पुग्यौ ्र सिधै अगाडी मस्की रहेकी केहि आकर्षक युवतीहरुको देखिए ्र अब यिनीहरु संग मेरो म्यान्डरिन पो अभ्यास गर्नु पर्यो, तारालाई भने ्र

    ‘तपाई ! मान्छे पनि धनुष्टंकरले खाएर बाकि रहेको अस्थिपन्जर जस्तै हुनुहुन्छ ्र के बुझ्ला तपाईको म्यान्डरिन ?’ खरो जबाफ पाए ्र

    ‘एउटा बिरालो कालो होस या सेतो ! मुसा मार्यो भने केहि फरक पर्दैन ्र’

    देङ् साओपीङ्को भनाईले यस पटक उतर दिए ्र उनि तिनै महामानव हुन् जसले परिकल्पना गरेको चीन आजको चिन हुन गएको छ ्र

    अब उनले एक क्षण मुख बन्द गरिन ्र सायद मलाई ति युवतीहरु संग बोल्ने अवसर दिएकी होलि भन्ठाने ्र त्यसैले मौकाको फाइदा उठाउदै मैले म्यान्डरिन सुरु गरे ्र

    “नि हुइ यिन्गो मा ?”

    त्यति भनेको मात्रै के थिए ्र एउटीले स्वाट्टै हात उठाईन ्र अनि ‘के म तपाईलाई सहयोग गर्नु सक्छु ?’हात उठाउनेले अंग्रेजीमा प्रति प्रश्न गरिन ्र

    उनकी यस्तो कुरो सुने पछी म अग्नि परिक्षा पास भए जस्तै लाग्यो ्र बिस्तारै ताराको मलिन मुहारमा परिबर्तनका संकेतहरु देखा पर्न थाले ्रमेरो पछीपछी आउनुहोस, भन्दै रिसेप्सनमा पुर्याईन ्रर त्यहा उनले भने अनुसारको टिकटहरुखरिद गर्यौ ्र त्यसपछी बिभिन्न ढोकाहरु पार गराउदै घर बाहिर पुर्याईन ्रयसो सम्झे, यिनलाई नभेटेको भए हाम्रो के पत्ता चल्थ्यो ?

    घर पछाडी पनी अगाडी जस्तै ठुलो कोच पार्क रहेछ ्र जहा ८०(९० वटा कोचहरु रमित लाग्दो पार्क गरिएका थिए ्र ‘एक क्षण यहि बस्दै गर्नुहोस,’ उनले आग्रह गरिन ्र र केहि समय पछी एकजना चालक संग फेरी उपस्थित भईन ्र

    चालकलाई पहिले माओको जन्मघरमा लानउनले निर्देशन दिईन ्र त्यसपछी अन्य स्थानहरु लाने भनिन ्र उनलेहामी प्रति गरेको यतिधेरै सहयोग देख्दा “नारीको हृदयमा इश्वरले बास गरेका हुन्छन” भन्थे सहि झैँ लाग्यो ्र तर क्षण क्षणमा प्रश्न मात्रै ओइराउने नेपाली नारीमा त खै के इश्वरलेबास गर्ला ?

    उनि संग छुटने बेला हुनै लाग्यो ्र त्यसैले थोरै पिरमा परे ्रमनमनै यिनलाई के टक्र्याउ जस्तो भए ्र तै पनि टक्र्याउनको लागि केहि उपलब्ध थिएन ्र कमिजको गोजीबाट एकसयको नयाअमेरिकन डलर निकालेर धन्याबाद संग मिसाएर दिन खोजे ्र ताराले यो चाल पाईन ्र पर्दैन, पर्दैन भनेर उनले मेरो कान स्वाट्टै फुकिन ्र एउटा नारि खुशी बनाउदा,अर्को नारि दुखि हुने देखेर ठुलो धर्मसंकटमा परे ्र

    फ्यास्सै अन्तिम मुस्कान छाडिन र हात उठाउदै बिदा भईन ्रअब कोचमा हामी दुई जना मात्रै भयौ ्र बाकी सबै सिटहरुले हामीलाई हेरी रहे ्र केहि क्षणमा चालकले कोच रोके ्र अनि माओको घर नजिकै पुगेको जानकारी गराए ्र र कोच बाट झरेर उनले हामी जाने ठाउ देखाई दिए ्र

    त्यसपछी उनले देखाएको ठाउ तिर लाग्यौ ्र जताततै चिनिया पर्यटकहरु बग्रेल्ती देखिन्थे ्र धेरैजसो पर्यटकहरु बिभिन्न गाउ, स्कुल, कलेज र प्रदेश बाट आएका थिए ्र कतिपयले खाकी रंगका पहिरनमा रातो तारा अंकित टोपी लगाएका थिए ्र यी तारे टोपी देख्दा नेपालमा खान नपाएर चन्दा मात्रै मागीहिडने नक्कली माओबादीहरुलाई सम्झे ्र यसो सोचे, माओको देशमा देखिएका यिनीहरु चाहि सायद सक्कली हुन् कि ?

    पर्यटकहरु जताततै हिडेका थिए ्र बाटै बाटो,खेतको आलीर खोल्साको किनारै किनार भएर गएका पनि देखिए ्र हामी पनि भर्खरै खेतमा पाकेका खर्बुजा घारी छिचोल्दै हिड्यौ ्र यस्तो देख्दा साम्यवादी शासन ब्यबस्थामा सामजिक संजाल चलाउन नपाईने, जे पायो त्यही लेख्न, बोल्न र पढन नपाईने भए पनि जथाभाबी हिड्न चाहि मज्जाले पाइने रहेछ भन्ने अनुभूति भयो ्र

    अलिकति सास बाकि राखेर बल्ल बल्ल माओको जन्मघर पुग्यौ ्र यहा आई पुग्न धेरै कस्टहरु झेल्नु पर्यो ्र त्यसैले अहिले यहा आई पुग्दा पुनर्जन्म पाए झैँ प्रफुल्ल मुद्रामा थियौ ्र अझै भनौ, हाम्रा मनहरु हावाको झोक्कामा उडी हिडने पुतली झैँ फुरुंग भएका थिए ्र यसो सोच्यौ ! हाम्रो जिन्दगीमा यो भन्दा ठुलो शौभाग्य अरु के हुन सक्तथे होला ?

    सम्झनाका लागि केहि तस्बिरहरु लिन थाल्यौ ्र अचानक एउटा राम्रो संयोग जुर्यो ्र नान जिंङ्का एउटी कमरेड युवती संग भेट भयो ्रउनले माओको जन्म २६ डिसेम्बर १८९३ मा यहि भएको थियो ्र त्यसपछी उनि सन् १९१० मा अध्यानको लागी छाङ्सा गएर १९१२ मा यहि घर फर्केका थिए ्र त्यसपछी उनि भूमिगत भए ्र र सन् १९२५ मा यस घरलाई कोमिन्ताङ सरकारले जलाई दिएकाथिए ्र पछी सन् १९५० मा कम्युनिस्ट सरकारले यसलाई हुबहु निर्माण गरिदिएका हुन्, भनिन् ।

    घर बाहिर रभित्र मान्छेहरुको असाध्यै भिड थिए ्र हुन त चीनमा भिड हुनु कुनै नौलो कुरो होइन ्रहामी पनि लाम लागेर घर भित्र छिर्यौ ्र त्यसपछी त्यहा देखिएका हरेक चिजलाई मन्त्रमुग्ध भएर नियाल्यौ ्र घर भित्र स्मारिकाको सानो दोकान रहेछ ्र जहा माओको मुर्तिहरु, बन्दुकका गोलीहरु, लालबुक देखि विभिन्न पुस्तकहरु बेच्नका लागि राखिएका थिए ्र मैले पनि माओको घर पुगेको सम्झनाको लागि एउटा लालबुक किने ्र सबैभन्दा आश्चर्य चाही त्यतिबेला भयौ ्र जतिबेला प्रसन्न मुद्रामा रहेका माओको शालिक संग तस्बिर लिन मान्छेहरु एक अर्कामा माहुरी झैँ खप्टि रहेका देखिए ्र त्यसरी पनि के तस्बिर लिने ? त्यहि सम्झेर हामी क्रमसस् बिस्तारा, भान्सा कोठा, खाना खाने ठाउ र उनका कार्यालयको नजर लगायौ ्र

    अब घर बाहिर निस्कियौ ्रत्यसपछि घर पछाडिको करेसा बारी र वरिपरीको बाताबरणलाई नजर लगायौ ्रघरको सिधै अगाडी रहेको तलाउ तिर हिड्दै गयौ ्र तलाउका छेउ छेउमा हिडनेगोरेटोहरु रहेछन् ्र तिनै गोरेटोको किनारमा माओको सम्झनामा लहरै रोपिएका रुखका बिरुवाहरु कति राम्रा देखिएका थिए ्रअनि उनले युवा अबस्थामा यहा बिताएका जिन्दगीका कल्पना गर्दै यिनै गोरेटोहरुलाई चक्कर मार्यौ ्र

    अब यस्तो ऐतिहासिक स्थललाई बिटो मार्दै थियौ ्र त्यसैले यी पलहरु सम्झेर तारा भाबविह्वल बनिन ्र किनभने साओसानको लागि भने यो यात्रा नै हाम्रो जिन्दगीको‘पहिलो र अन्तिम’ थियो ्र‘जिन्दगीमा हामीले जान चाहेको प्रत्यक ठाउजान सकेनौ होला ्रतर हामी पुग्नै पर्ने ठाउमा क्रमशस् पुगी रहेको छौ,’ भन्दैउनलाई केहि खुशी दिन खोजे ्र

    सम्भबत माओलेजिन्दगीमा चाहेको जति सबैकुरो पुरा गरे ्रतै पनि उनको मृत्यु पछिको इच्छा चाही पुरा हुन सकेनन् ्र उनको मृत्यु पछी उनको पार्थिक शरीर जन्मघर नजिकै साओशान डाँडामा राखिओस भन्ने चाहन्थे ्र तर उनका उताराधिकारिहरुले त्यसलाईअस्विकारगरिदिए ्र

    ९ सेप्टेम्बर १९७६को दिन माओको दुखद निधन भयो ्रकम्युनिस्ट पार्टीले सगरमाथा लगायत चीनको सबै प्रदेशहरु बाट ढुंगाजम्मा गरेर टिनानमेन चोक, बेइजिंगमा माओ त्से तुंग मेमोरियल हलको निर्माण गरे ्र यिनै हलमा उनि २४ मे १९७७ देखि अहिले सम्म आराम साथ सुतिरहेका छन् ्र हामीले भर्खरै बेइजिंगको यात्रामा तिनै हल पुगेर माओलाई भेटेका थियौ ्र

    साओसान आउनु अगाबै ‘हाईगेट’ पुगेको थिए ्र किनभने यो वर्ष मार्क्स जन्मेको दुई शताब्दिको पुर्ब सन्ध्याथियो ्र उनि जन्मेको मे ५को दिन उनको समाधिस्थल हाइगेट पुगेर एउटा फुल चढाएको थिए ्र मार्क्सको मृत्युको समयमा भेला भएको ११ जना मलामिहरुमध्य एंगेल्स मुख्य पात्र थिए ्र किनभने एंगेल्सले नै उनको अन्तिम बिदाई भाषण गरेका थिए ्र उनका बिदाईका ति शब्दहरु अहिले सम्म मैले याद गरेको छु ्र जुन ठाउमा एंगेल्स उभिएका थिए, ठेक्कै तिनै पाइला माथि टेकेर मार्क्सको चिहानमा लेखिएका स्वर्णिम अक्षर ‘बिश्व भरिका मजदुर एक हौ’ लाई राम्ररि नियालेका थिए ्र

    “हाईगेट देखि साओसान सम्म” यात्राको पर्दा बन्द हुनै आटेको थियो ्र त्यसैले एउटा ट्याक्सी पक्रेर साओसान रेल स्टेसन फर्कदै थियौ ्र यसरि फर्कदै गर्दा यहाको प्रत्यक घरहरुको भित्तामा माओको ठुला ठुला तस्बिर र पेंटिंगहरु मात्रै देखिन्थे ्र लाग्दथ्यो, साओसानको पुरै गाउ उनका मुर्ति र तस्बिरहरुले बैशाख जेठमा फुल्ने शाकुरा फुलले झैँ छपक्कै ढाकेका छन् ्र

    ट्याक्सीको गतिबढ्दै गयो ्र र तिनै गतिसंग संगै माओलाई भुल्न सुरु गरे ्र अनि उनको सट्टामा फेरीएक पटक तिनै मार्क्सको याद गरे ्रमार्क्स र एंगेल्सले लेखेको ‘कम्युनिस्ट घोषणा पत्र’ को अन्तिम पानाको, अन्तिम हरपको, अन्तिम वाक्यांशलाई फेरी एक पटक सरर मनन गरे ्र संक्षेपमा भन्ने हो भने बिश्व बाट “व्यक्तिगत सम्पति निर्मुल” हुनुपर्छ ्र अब तिनै कम्युनिस्ट घोषणा पत्र मान्ने कम्युनिस्ट रास्ट्रमा छौ ्र त्यसैले तारालाई सुटुक्कै भने ्र

    “हेर प्यारी ! सायद आज ट्याक्सी चालकलाई यहा पैसा तिर्न पर्दैन होला ?”
    मैले यसरि भनेको कुरो उनले बुझ्नै सकीनन ्र त्यसैले तीन, तीन पटक सोधिन ्र
    ‘किन ! किन ! किन ्र’

    लिभरपुल, बेलायत २०७५ जेठ १६ गते राती ९ :४० बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा

    हाम्रो टिम

    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क

    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]

    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology