• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलमा वेब सरफर इन्टरनेट

दिक्तेलमा वेब सरफर इन्टरनेट


चिसाङ शेर्पा
  • बुधबार, जेष्ठ २ २०७५

  • चिसाङ शेर्पा जेठ/२ खोटाङ
    दिक्तेलमा हाई स्पीडको ईन्टरनेट सुरुवात भएको छ । जिल्लाभरीका आम मानिसले सहज रुपमा प्रयोग गर्न सक्नेगरी ‘वेब सरफर नेपाल’ नामक ईन्टरनेट जिल्लामा सुरुवात भएको हो ।

     

    ईष्ट हिमालयन ईन्टरप्राईजेज दिक्तेलले आफू रिसेलर रहेर मंगलबारदेखी सस्तो तथा सुलभ मुल्यमा वेब सरफर नेट सञ्चालनमा ल्याएको दिक्तेलस्थित रिसेलर सञ्चालक अजय बस्नेतले जानकारी दिए । हामीले सस्तो र हाई स्पीडमा चल्ने नेट भित्र्याएका हौ । सुरुवातीदेखी नै ग्राहकको माग राम्रो छ । सञ्चालक बस्नेतले भने, “हाललाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका देखी नेट सुरु भएको छ । निकट समयमा जिल्लाभरी सञ्जाल बिस्तार गर्छौ ।”

     

    सञ्चालनमा आएको ईन्टरनेट मासिक न्युनतम १ हजार २ सयदेखी ४ हजार रुपैयाँमा अनलिमिटेड नेट प्याकेज लिन सकिनेछ । गाउँ, वडा कार्यालय,  विभिन्न संघसंस्था, कार्यालय, विद्धालयलाई प्राथमिकतामा राखेर दिक्तेलदेखी नयाँ ईन्टरनेट सुरु गरीएको रोशिष साइबर एण्ड फोटोकपीका सञ्चालक तथा वेब सरफर ईन्टरनेटका वजार व्यवस्थापक रुपेश वजिमयले बताउनुभयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology