चिसाङ शेर्पा बैशाख/३० खोटाङ,
अनुप स्मृति गोल्डकप खुल्ला पुरुष फुटबल प्रतियोगिताको फाइनलमा बुईपा र नेर्पा पुगेको छ । सर्वाधिक धनराशी पुरस्कार भएको गोल्डकपको सेमिफाईनलमा बुईपा सेवा समाज बुईपाले फ्रेण्डसीप यातायात काठमाण्डौलाई १–० र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाले भोजपुर नगरपालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै फाईनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो ।
माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लवको संयुक्त आयोजनामा गएको बुधबारदेखी दिक्तेल रत्नपार्कस्थित माटिकोरे खेलमैदानमा जारी प्रतियोगिताको पाँचौं दिन आईतबार दिउँसो भएको प्रर्तिस्पर्धामा हारसँगै भोजपुर नगरपालिका र फ्रेण्डसीप यातायात काठमाण्डौ सेमिफाईनलिस्ट भएका छन् । सेमिफाईनलिस्ट दुई टिमले नगद रु २५/२५ हजार पुरस्कार पाउनेछन् ।
गोल्डकपको अन्तिम दिन भोली फाईनलमा नेर्पा र बुईपाबिच दिउँसो भिडन्त हुदैछ । प्रतियोगिताका प्रथम टिम समुहले १ लाख ५१ हजार १११, रनरअपलले ७५ हजार ५५५ नगदका साथमा कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । फाईनल खेल भन्दा अगाडी जिल्लामा क्रियाशिल पत्रकार र खोटाङ उधोग वाणिज्य संघविच मैत्रीपुर्ण खेल हुने आयोजकले जनाएको छ ।
‘खोटाङमा व्यावसायिक फुटवलको विकास पर्यटन र व्यापार प्रवद्र्धनमा हाम्रो प्रयास’ भन्ने नाराका साथमा गतवर्ष देखी सञ्चालित गोल्डकपको दोश्रो संस्करणमा आयोजक, भोजपुर, काठमाण्डौ सहित जिल्लाभित्रका ९ टिमगरी १२ टिम समुहको सहभागिता रहेको छ । माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत बालक अनुप राईलाई २०६२ जेष्ठ २ गते दिक्तेल बजारको पुरानो बैंकचोकमा ट्याक्टरले ठक्कर दिंदा ज्यान गएको संम्झनामा गतवर्ष देखी फुटबलको इतिहासमा सर्वाधिक धनराशी पुरस्कार भएको अनुप स्मृति गोल्डकप प्रतियोगिता गर्न थालिएको हो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology