चिसाङ शेर्पा बैशाख/२९ खोटाङ,
सर्वाधिक धनराशी पुरस्कारको अनुप स्मृती गोल्डकप खुल्ला पुरुष फुटबल प्रतियोगिताको तेश्रो दिनमा तीन खेल भएको छ । शुक्रबार भएको खेलमा जिल्ला फुटबल क्लब भोजपुरले खाराम्बु स्पोर्टस क्लब खार्मीलाई २–०, फ्रेण्डसीप यातायात काठमाण्डौले दिक्तेल फुटबल क्लबलाई २–१ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाले बाक्सिला फुटबल क्लब बाक्सिलालाई ४–३ गोलले जितेको छ ।
दिक्तेल त्रिबेणीचोकमा अवस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लवको संयुक्त आयोजनामा गएको बुधबारदेखी दिक्तेल रत्नपार्कमा अवस्थित माटिकोरे खेलमैदानमा जारी प्रतियोगिताका प्रथम टिम समुहले १ लाख ५१ हजार १११, दोश्रो टिम समुहले ७५ हजार ५५५ नगदका साथमा कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।सेमिफाइनालिस्ट दुई टिम समुहले २५/२५ हजार, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्टाइकर, सर्वाधिक गोलकर्ता, मेन अफ द टुनामेन्ट, उत्कृष्ट टिम प्रशिक्षकले ५/५ हजार तथा अनुशासित टिमले ५ हजार २२५ रुपैयाँ पुरस्कार पाउने छन् ।
खोटाङमा व्यावसायिक फुटवलको विकास पर्यटन र व्यापार प्रवद्र्धनमा हाम्रो प्रयास’ भन्ने नाराका साथमा गतवर्ष देखी सञ्चालित गोल्डकपको दोश्रो संस्करणमा आयोजक, भोजपुर, काठमाण्डौ सहित जिल्लाभित्रका ९ टिमगरी १२ टिम समुहको सहभागिता रहेकोे छ । प्रतियोगिताको चौथो दिन आज खोटाङ फुटबल क्लब दिक्तेल र बुईपा सेवा समाज बुईपा तथा जिल्ला फुटबल क्लब भोजपुरसँग खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको खोटाङ भगवती स्पोर्टस क्लब प्रर्तिस्पर्धा गर्दैछन् । खेल दिउसो १ बजेदेखी सुरु हुने आयोजकले जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology