• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भवन निर्माणका लागि गाउँपालिकालाई निशुल्क जग्गा

भवन निर्माणका लागि गाउँपालिकालाई निशुल्क जग्गा


चिसाङ शेर्पा
  • सोमबार, बैशाख २४ २०७५

  • चिसाङ शेर्पा बैशाख/२४ खोटाङ,
    जिल्लाको दिप्रुङ–चुईचुम्मा गाउँपालिकाको कार्यालय निर्माणका लागि निःशुल्क जग्गा प्राप्त भएको छ । दिप्रुङ–चुईचुम्मा गाउँपालिका वडा नम्बर–५ स्थित याङसोलाटारमा गाउँपालिका भवन निर्माणका लागि ७ रोपनी ८ आना निःशुल्क जग्गा प्राप्त भएको हो ।

     

    गाउँपालिकाको कार्यालय निर्माणका लागि जग्गादाता भविन्द्र राईले १ रोपनी ८ आना, ईन्द्रप्रकाश राईले १ रोपनी ८ आना, हर्कराज राईले ३ रोपनी र होमप्रसाद राईले १ रोपनी ८ आना जग्गा सोमबार जिल्ला मालपोत कार्यालय दिक्तेलमा आएर आफ्नो नाममा रहेको जग्गा गाउँपालिकाको नाममा पास गराई दिएका छन् । पुर्व घोषित अनुसार जग्गा मालपोत कार्यालयमार्फत गाउँपालिकाको नाममा नामसारि गरिदिएको दिप्रुङ–चुईचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले जानकारी दिए ।

     

    जग्गादाताहरुले मालपोत कार्यालयबाट गाउँपालिकाको नाममा जग्गा पास गराएर गाउँपालिका प्रमुख राई र उपप्रमुख सपना राईलाई लालपूर्जा हस्तान्तरण गरेका छन् । जग्गादाताहरुबाट निःशुल्क जग्गा प्राप्त भएसंगै तत्काल गाउँपालिकाको भवन निर्माणको काम थालिने प्रमुख राईको भनाई छ ।

     

    पन्चमीबजारमा तोकिएको अस्थाई गाउँपालिकाको कार्यालयलाई गत चैत्र १४ गते याङ्सोलाटारमा रहने गरि राजपत्रमामा प्रकाशितपछि गाउँपालिकालाई पूर्णरुपमा याङ्सोलाटार सारिएको थियो । खानेपानी, सडकलगायतका भौतिक पूर्वाधार निर्माणार्थ अवस्थामा भएपनि याङ्सोलाटारमा भवन नहुँदा सेवा प्रवाहामा समस्या भएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology