समायोजन खबर बैशाख /२० खोटाङ,
आफ्नो गाउँपालिका भित्रका विद्यालयलाई खोटाङको जन्तेढुंगा गाउँपालिकाले टिचर टकिङ पेन प्रदान गरेको छ । विद्धालयमा अंग्रेजी माध्यमको पठन–पाठन प्रकृयालाई प्रभावकारी बनाउनका लागि गाउँपालिकाले ६ वडाभित्रका सबै ३६ विद्यालयलाई सेन्सर भएको आफै पढ्न सक्ने टिचर टकिङ पेन, सो पेनका माध्यमबाट पढाई हुने पुस्तकको सेट प्रदान गरेको हो ।
गाउँपालिकाले अंग्रजी माध्यमको पठन–पाठनलाई प्रभावकारी बनाउनका लागि नयाँ प्रविधिमा आधारिक शैक्षिक सामग्री भित्र्याइएको शिक्षा समितिका संयोजक बिदुरमान राईले बताउनुभयो ।
ऐसेलुखर्क गाउँपालिकाले गाउँपालिकाभित्रका सबै बिद्यालयलाई टिचर टकिङ पेन भित्र्याएको केही समयपछि जन्तेढुंगा गाउँपालिकाले पनि सबै बिद्यालयलाई टिचर टकिङ पेन प्रदान गरेको हो । अंग्रेजी माध्यम लागू गर्ने पुर्वतयारी स्वरुप जन्तेढुंगामा प्रतिविद्यालय एक शिक्षक र एक शिक्षिकालाई सहभागी गराएर बिहिबारदेखि तीन दिने प्रशिक्षण थालिएको संयोजक राईले बताउनुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology