• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङको च्यास्मीटारमा विद्युतको तार काटेर चोरी

खोटाङको च्यास्मीटारमा विद्युतको तार काटेर चोरी


समायोजन खबर
  • बुधबार, बैशाख १९ २०७५

  • समायोजन खबर बैसाख /१९ खोटाङ,
    खोटाङको च्यास्मीटारमा विद्युत बिस्तारका काम भइरहेका समयमा तार काटेर चोरी भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा विद्युत बिस्तारका लागि पोल र तार टाँग्ने काम भइरहेका समयमा तार काटेर चोरी भएको हो ।

     

    रातका समयमा विद्युतको तार काटेर चोरी गर्ने व्यक्तीको पहिचान हुन नसकेको च्यास्मीटार–डिकुवा–बाहुनीडाँडा बिद्युत बिस्तार उपभोक्ता समितिका अध्यक्ष तुलसी तिलुङ खम्बूले बताए । च्यास्मीटारको बनपालामा दुई ठाउँमा थ्री फेज लाईनको तार काटेर चोरी भएको छ । विद्युतको तार काटेर आलमुनियमको तार छुट्याएर लगेको पाइएको अध्यक्ष तिलुङले बताए ।

     

    सो क्षेत्रमा हलेसीबाट विद्युत बिस्तार गर्ने काम भइरहेको छ । नयाँ पोल राख्दै तार टाँगिरहेकै समयमा तार काटेर चोरी गर्नेको खोजी भइरहेको छ । अज्ञात व्यक्तीले घरायसी काममा बन्धनकारुपमा प्रयोग गर्नका लागि तार काटेर चोरी गरेको अनुमान गरिएको छ । ‘पोलमा तार राख्ने काम भइरहेको समयमा केही तार भुइँमै झुण्डिएको थियो,’ अध्यक्ष तिलुङले भने, ‘त्यही तारलाई दुई ठाउँमा टुक्राएर साना–साना तार छुट्याएर चोरी गरेछन् । दोषीको पहिचानका लागि प्रहरीलाई पनि भनेका छौँ ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology