चिसाङ शेर्पा बैशाख/१६ खोटाङ,
जिल्लाका उत्कृष्ट तीन कृषक समुहलाई आधुनिक कृषि औजार वितरण गरिएको छ । पुरानो प्रविधि अपनाएर तथा कृषि क्षेत्रमा क्रियाशिल कृषक समुहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन खोटाङले अनुदानमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका तीन वडाका कृषक समुहलाई कृषि औजार वितरण गरेको हो ।
परियोजनाले आईतबार थ्री बर्दश लजिङ फुडिङ एण्ड सेकुवा कर्नरमा बजार प्रवद्र्धन सम्बन्धी एक दिने अन्तरक्रिया गोष्ठी गरेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मूल उद्देश्य वाली वस्तुको उत्पादन तथा उत्पादकत्वमा बृद्धि रहेको निष्कर्ष निकालेर जिल्ला कृषि विकास कार्यालय दिक्तेलको प्राङगणमा गई कृषि औजार वितरण गरेको थियो । परियोजनाले नगरपालिका–२ दिक्तेल सोल्माको सुर्यमुखी मकै विउ उत्पादन कृषक समुह, मकै विउ विजन उत्पादन कृषक समुह लफ्याङ र सहकाली कृषक समुह नुनथलालाई समुह वापत कर्न कटर (मकै छोडाउने) १ सेट, एमटि ४३ विडर १ सेट र कर्न पिलर एण्ड सेलर १ सेट वितरण गरेको हो ।
यसैगरी परियोजनाले उत्कृष्ट ९ जना कृषकलाई मिनि टिलर(जोत्ने मेशिन) समेत वितरण गरेको छ । सुर्यमुखी मकै विउ उत्पादन समुह सोल्माका शिव कुमार राई, किरातेश्वर कृषक समुह दिक्तेलका विष्णुमाया बस्नेत, मकै विउ विजन उत्पादक कृषि समुह लफ्याङका रेणुका राई, कालिका भगवती कृषक समुह सोल्माका सप्तमणि राई, सहकाली कृषक समुह नुनथलाका रिमाल कुमार शेर्पा, वर्ताङ प्रगतीशिल कृषक समुह खाल्लेका खगेन्द्र राई, नयाँ पहिचान कृषक समुह खाल्लेका प्रेम प्रसाद पौडेल, मकै विज बृद्धि कृषक समुह हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका कोपिला राई, दुर्छिमकै हैकामा कृषक समुहका भोजराज राई/एकराज राईलाई मिनि टिलर वितरण गरिएको हो ।
उत्कृष्ट कृषक समुह तथा उत्कृष्ट कृषकलाई जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपमेयर बिणादेबी राई, उधोग वाणिज्यसंघ दिक्तेलका अध्यक्ष राजेन्द्र लयालु र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन खोटाङका परियोजना प्रमुख तथा वरिष्ठ कृषि अधिकृत प्रमोद कुमार रिजालले कृषि औजार वितरण गर्नुभएको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology