चिसाङ शेर्पा बैशाख/१० खोटाङ,
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई आज खोटाङ आउने भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक नगर विकास योजनाको अन्तिम मस्यौदा सार्वजनिकीकरण कार्यक्रमका लागि दिक्तेल आउन लाग्नु भएको हो ।
बिहान ११ः३० बजे हेलिकोप्टरबाट दिक्तेल आउनुहुने मुख्यमन्त्री राईले आवधिक नगर विकास योजनाको अन्तिम मस्यौदा सार्वजनिकीकरणको अलवा कर्मचारीलाई निर्देशन, पत्रकार भेटघाट र पार्टीको स्वागत कार्यक्रममा सहभागी जनाउनु हुने मेयर दिपनारायण रिजालले जानकारी दिनुभयो ।
यसघघि मुख्यमन्त्री राई गएको माघ १९ गते सोही नगरपालिका–१३ नुनथलामा ‘ला ज्यालो वाङ थोप’ गुम्बाको शिलन्यास गर्न खोटाङ आउनुभएको थियो । उहाँको गृह जिल्ला भोजपुरमा मुख्यमन्त्री बनेपछि गएको चैत्र २६ गते साक्षर जिल्ला घोषणा गर्न भोजपुर आएका थिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology