चिसाङ शेर्पा बैशाख/९ खोटाङ,
जिल्ला अस्पताल खोटाङको हाताभित्र नयाँ विधुतीय ट्रान्सफर्मर जडान गरिएपछि विधुतको समस्या समाधान भएको छ । दुई हप्ता अघि अस्पतालले १०० केभिएको ट्रान्सफर्मर राखेपछि विधुतको समस्या समाधान भएको हो ।
अस्पतालमा विधुत भए पनि कम भोल्टेज आउने र आएका भोल्टेजले विधुतीय उपकरण नचल्ने समस्याले बिरामीहरु प्रत्यक्ष मर्कामा पर्ने र अस्पतालका अधिकांस काममा बाधा पुगेकाले अस्पतालमा एकलौटी ट्रान्सफर्मर राखिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर राम बहादुर केसीले बताए । ट्रान्सफर्मर राखेपछि केन्द्रिय प्रसारणमा समस्या आएभन्दा अरुवेला विधुतको समस्या नभएको डाक्टर केसीले जनाए । विधुत गएको खण्डमा १० केभिए नयाँ जेनेरेटर र मर्मत गर्नुपर्ने अर्को पुरानो १० केभिए तथा खोप शाखामा ५ केभिए र अपरेशन थियटरमा ५ केभिए जेनेरेटर अस्पतालमा रहेको छ ।
अस्पताल हाताभित्र विधुत बारम्बार फल्ट आउने समस्या समाधानका लागि तीन भागमा विधुत विभाजन गरिएको छ । क्वाटर साईडमा एक लाईन, अस्पताल, आकस्मिक कक्ष, अपरेशन कक्षमा एक लाईन र ओपिडि, ल्याब, एक्सेरे, रजिस्ट्रेसन, फार्मेसी, लेखा, प्रशासन र स्टोरमा एक लाईन वितरण गरिएको अस्पताल श्रोतले जनाएको छ ।
यसअघि बजारवासीले प्रयोग गर्दैै आएको विधुतीय ट्रान्सर्फमरको भोल्टेज अस्पतालले चलाउँदा पटक–पटक विधुतको मर्का खेप्दै आएको थियो । अस्पतालमा एक्सेर मेशिन र ल्याब कक्षमा सबैभन्दा वढि विधुत खपत हुने गर्दछ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology