समायोजन खबर बैसाख /५ खोटाङ,
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा एकैसाथ पाँच सडक उद्घाटन गरिएको छ । एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक, वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक, झ्यालीकुवा–वडा कार्यालय सडक, इटाभट्टी–सुर्के–थापाटोल–देबिस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक शिलान्यास गरिएको हो ।
आर्थिक वर्ष २०७४/०७५ मा नगरपालिकाबाट वडा कार्यालयका लागि विनियोजित ५० लाखको खर्चमा निर्माण गरिएको पाँच वटा सडक बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गर्नु भएको हो ।
४ किलोमिटर लम्बाई भएको एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक ३० लाखको लागतमा र वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक ८ लाखको लागतमा निर्माण गरिएको वडाध्यक्ष ललितकुमार राईले बताउनु भयो । यस्तै, झ्यालीकुवा–वडा कार्यालय सडक, इटाभट्टी–सुर्के–थापाटोल–देबिस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक ४/४ लाखको खर्चमा निर्माण गरिएको हो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology