चिसाङ शेर्पा बैशाख/३ खोटाङ,
खोटाङमा निर्माण हुन लागेको बिशाल गुम्बाका लागि स्वेच्छिक सहयोग आउन थालेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला साविक–९ भञ्ज्याङ संसारीडाडाँमा नगरपालिकाको क्रमागत बजेट र दातृ निकायहरुको सहयोगमा करीव २१ करोडको लागतमा निर्माण हुने ‘ला ज्यालो वाङ थोप’ नामक गुम्बा निर्माणका लागि सहयोग आउन थालेको हो ।
गुम्बा निर्माणका लागि ईन्टरनेशनल रिक्रुमेण्ट मेनपावर काठमाण्डौले १ लाख ५१ हजार आर्थिक सहयोग गरिसकेको छ । स्थानिय स्तरमा चन्दा संकलनबाट ४ लाख रकम संकलन भएको गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष महेश तामाङले बताउनुभयो ।
विभिन्न निकाय, नेपाली तथा विदेशी संघ संस्थामा सहयोग प्रस्ताबका लागि प्रपोजलको काम भईरहेको छ । उहाँले भन्नुभयो,“हामी नेपालमा मात्रै हैन विदेश तथा नेपालस्थित बिदेशी दुतावासमा समेत सहयोग माग्छौ । जसको लागि नेपाली र अंग्रेजीमा प्रपोजल आवाश्यक थियो नेपालीमा तयारी भएको छ । केही दिनमा अंग्रेजीको पनि तयार हुनेछ । त्यसपछि बैशाख महिना नसकि जोडदार लाग्नेछौ ।”
नुनथलामा गुम्बा निर्माणले पर्यटन प्रर्बद्धनमा समेत ठूलो सहयोग पुग्नेछ । नुनथला डाडाँमा बन्ने गुम्बादेखी नाङगो आखाँले, सोलुखुम्बु, ओखलढुंगा, सगरमाथा देख्न सकिन्छ । गुम्बा निर्माण उपभोक्ता समहुले २० हजारमाथीका सहयोगीदातालाई ताम्रापत्रद्धारा सम्मान तथा गुम्बामा अभिलेख राख्ने जनाएको छ ।
नुनथलाका स्थानिय तथा गुम्बा व्यवस्थापन समिति अध्यक्ष मेनुका तामाङ राईले निशुल्क प्रदान गरेको १ रोपनी ७ आना १ पैसा ३ दाम जग्गामा बन्ने गुम्बामा खोटाङको बौद्ध धर्मावलम्बीसहित आसपासका जिल्लाका सेवाग्राहीले सुविधा लिन र बौद्ध धर्म अनुसारका संस्कार गर्न सकिनेछ ।
गत माघ १९ गते प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शिलन्यास गरेको गुम्बा निर्माणपछि सिठो लजोको १ सय र बौद्धधर्मसँग सम्बन्धित अन्यगरी १०८ वटा मूर्ति रहने छ । बौद्ध धर्ममा माटोको मूर्ति पबित्र हुने धार्मिक परम्परा रहेकाले गुम्बाभित्र सबै मूर्ति माटोको रहने गुम्बा निर्माण उपभोक्ता समितिले जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology