• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा पर्यटन प्रवर्धनका लागि महापुराण, तयारी पुरा

खोटाङमा पर्यटन प्रवर्धनका लागि महापुराण, तयारी पुरा


चिसाङ शेर्पा
  • बुधबार, चैत्र १४ २०७४

  • चिसाङ शेर्पा चैत्र/१४ खोटाङ,
    पर्यटन प्रवर्धनका लागि खोटाङमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ गरिने भएको छ । दिक्तेल बजारको दक्षिण पश्चिममा अवस्थित कालिका भगवती मन्दिर परिसर ब्यवस्थित र धर्मशाला निर्माणका लागि ‘धार्मिक तथा पर्यटकीय महोत्सव’ नाम राखी सप्ताह ज्ञान महायज्ञ गरिन लागिएको हो ।

     

    सम्पुर्ण खोटाङवासी आयोजक रहने ‘धार्मिक तथा पर्यटकीय महोत्सव’ विहीवार बिहान सदरमुकाम दिक्तेलबजारको रत्नपार्कबाट विभिन्न भेषभूषा, झाँकीसहित कलश यात्रागरी कालिका भगवती मन्दिर मझुवामा पुगेर शुरु हुनेछ । कार्यक्रममा नेपालका प्रथम ऐतिहासिक जगद्गुरु मोहन शरण देवाचार्य महाराजश्रीको आशिर्वचन, विद्धान विदुर प्रसाद पौडेलबाट कालित्व र कालिका भगवतीको महत्व, पूर्वाञ्चलका अतिप्रसिद्ध भागवताचार्य विद्धान पण्डित मधुसुदन घिमिरेको संयोजकत्व रहने सप्ताह ज्ञान महायज्ञमा ११ जना खोटाङगे पण्डितको उपस्थिती रहने मूल आयोजक समिति महासचिव छत्रकुमार वजिमयले बताए ।

     

    चैत्र १५ देखी २३ गतेसम्म सञ्चालन हुने कार्यक्रममा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, देविभागवत पाठ पारायण, चण्डी, लघु रुद्री, लक्षगायात्री, सामुहिक ब्रतबन्ध, दैनिक हवन, लक्षवर्तिका प्रज्वलन हुनेछ । कार्यक्रमको प्रत्येक दिन दान दातालाई प्रशंसापत्र वितरण र अन्तिम दिन आयव्यय सार्वजनिक गरिने मूल आयोजक समितिले जनाएको छ ।

     

    दिक्तेलबजारको उच्च भागमा रहेको कालिका भगवती मन्दिरलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चिनाउन गरिने कार्यक्रमका लागि शसस्त्र प्रहरी बल हलेसी गुल्म र निर्माण व्यवसायी संघ खोटाङले पानीको ब्यवस्थापन गर्ने भएको छ । यसैबिच कार्यक्रमको तयारी पुरा भएको आयोजक समितिले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology