समायोजन खबर चैत्र ५ खोटाङ,
हङकङमा नेपाल नेत्र ज्योती संघको शाखा स्थापना गरिएको छ । ईश्वरबिक्रम शाहको अध्यक्षतामा नेपाल नेत्र ज्योती संघ हङकङ शाखा स्थापना गरिएको हो । शाखाका उपाध्यक्षमा बिष्णु भूषाल, पुरन खड्का, मिलन गुरुङ र मनबहादुर गुरुङ, महासचिवमा अधिराज राई, सचिवमा रत्न काफ्ले, कोषाध्यक्षमा सगुन राना र सह–कोषाध्यक्षमा सबिता मल्ल चुनिएका छन् ।
देब गुरुङ, हेमराज थापा र बिनय शाह शाखाका सल्लाहकारमा राखिएका छन् । आँखाको उपचारका लागि बिदेशमा बस्ने सबै नेपालीको साथ लिने उद्धेश्यले नेपाल नेत्र ज्योती संघले हङकङमा पहिलो प्रवास शाखा बनाएको हो ।
नेपाल नेत्र ज्योती संघको उद्धेश्य अनुशार सहयोगी बनेर काम गर्ने नेपाल नेत्र ज्योती संघ हङकङ शाखाका महासचिव अधिराज राईले बताए । ‘हङकङ आएकाबेला नेपाल नेत्र ज्योती संघका अध्यक्ष प्राध्यपक डा. तिर्थप्रसाद मिश्रले बिदेशमा बस्ने नेपालीले ५० डलर मात्रै दान दिने हो भने सबै नेपालीले आँखा देख्न सक्छन् भन्ने भिजन सुनाउनु भयो,’ खोटाङ समाज हङकङका पुर्वअध्यक्ष रहेका महासचिव राईले भने, ‘त्यही भएर प्रवासबाटै सकेको काम गरौं भनेर शाखा बनाइएको हो । जति सकिन्छ, संघको उद्धेश्य लिएर नेपालीमाझ जाने योजना छ ।’
हङकङमा बसोबास गर्दैआएका खोटाङ्गेले स्थापना गरेको खोटाङ समाज हङकङको ३० लाख ४७ हजार आर्थिक सहयोगमा २०७१ साल दिक्तेलमा आँखा उपचार केन्द्र निर्माण गरिएको थियो । २०७१ साल भदौ ५ गते उदघाटन गरिएको आँखा उपचार केन्द्रमा वर्षेनी आँखाका उपचार गर्न आउने बिरामीको चाप बढ्दै गएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology