समायोजन खबर चैत्र/०२ खोटाङ, शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वा्चित भएकी छिन् ।
प्रतिनिधिसभाको उपसभामुखका लागि तुम्बाहाम्फेसँगै कांग्रेसकी पुष्पा भुसालको उम्मेदवारी परेको थियो । तर, वाम गठबन्धनकी उम्मेदवार तुम्बाहाम्फे विजयी भएकी छन् ।
संघीय संसद भवनमा शुक्रबार भएको निर्वाचनमा तुम्बाहाम्फेको पक्षमा २ सय १ मत परेको थियो । उनको विपक्षमा भने ५८ मत परेको थियो । मतदानमा २ सय ५९ सहभागी भएका थिए । उपसभामुखका लागि नेकपा एमालेबाट डा तुम्बाहाम्फे र नेपाली कांग्रेसबाट पुष्पा भुसालको उम्मेदवारी परेको थियो ।साभार हिमालय टाईम्स
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology