चिसाङ शेर्पा फागुन/२८ खोटाङ,
खोटाङको दिक्तेल–खार्मी सिधा यातायात शुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कदेखी नगरपालिकाको वडानम्बर ११ खार्मीको तुर्खासम्म सिधा यातायात शुरु भएको हो ।
आईतबार नगरपालिकाको खार्मीस्थित स्कुलडाडाँमा एक औपचारिक कार्यक्रममा जिल्ला समन्वय समिति संयोजक बबि चाम्लिङले रिबन काटेर दिक्तेल खार्मी बससेवा उद्घाटन गरेका छन् । उद्घाटनसँगै आगामी दिनमा दैनिक दिक्तेल–खार्मी १७ किलोमिटर दुरीमा यात्रुबहाक बस सेवा शुरु भएको छ ।
नगरपालिकाको ४० लाख बजेटमा मुख्य मुख्य स्थानमा सडक पुनः मर्मतगरी तयार पारिएको कच्ची सडकमा खोटाङ यातायात ब्यवसायी संघको बा ३ ख ८१०९ र बा ३ ख ६०३२ नम्बरको गाडी गुडाइएको थियो । कार्यक्रमको ब्यानर खोली दिक्तेल खार्मी बस सेवा सञ्चालन भएको नगरपालिकाका मेयर दिपनारायण रिजालले घोषणा गर्नुभयो । मेयर रिजालले, खार्मीमा रिक्त रहेका विभिन्न कार्यालयमा कर्मचारी पदपुर्ती गर्ने र सेवाग्राहीलाई छिटोछरितो सुविधा दिने जनाएका छन् ।
दिक्तेल खार्मी बससेवा सञ्चालनले आवतजावत गर्नमा सहजता पुग्ने खार्मीका वडाध्यक्ष रामचन्द्र राईले बताउनुभयो । “नगरको गणनामा ११ वडा भएपनि यातायात सञ्चालनमा खार्मी १५ औं वडा हो ।” उहाँले भन्नुभयो, ‘वडामा विजुली बत्ती बाल्न सकिएको छैन, बल्लतल्ल बस सेवा सञ्चालन गर्न सकिएकोे छ । बिजुली बत्ती बाल्ने कसरतमा छौ ।’
दिक्तेलदेखी खार्मी तुर्खासम्म सस्तो भाडामा यात्रा गर्न सकिने खोटाङ यातायात ब्यवसायी संघका महासचिब रामकुमार हिङमाङले जानकारी दिनुभयो । हिङमाङका अनुसार दिक्तेल-खोडेचउर १५०, दिक्तेल–सोती १७५, दिक्तेल-बाँझोबारी २००, दिक्तेल-रुयल २२५, दिक्तेल–खार्मी स्कुलडाडाँ २५० र दिक्तेल-तुर्खा ३०० भाडादर कायम गरिएको छ ।
दिक्तेलबाट खार्मी दिउँसोको साडे २ बजे र खार्मीबाट दिक्तेलका लागि प्रत्येक दिन बिहान ८ : १५ बजे यात्रुबहाक बस छुट्ने खोटाङ यातायात ब्यवसायीसंघले जनाएको छ । दिक्तेल खार्मी बससेवा सञ्चालन भएपछि खार्मीसहित केपीलासगढी गाउँपालिकाका स्थानियले सुबिधा लिन पाउँनेछन् । यात्रुबहाक बस सेवाले खार्मी तथा अन्य स्थानका स्थानिय बासिन्दाले बिहान दिक्तेल आई कार्यालयगत काम सकेर सोहीदिन घर पुग्नलाई सहयोग पुग्नेछ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology