चिसाङ शेर्पा फागुन’/२५ खोटाङ,
खोटाङको बगरे भञ्ज्याङमा अनाधिकृत गिट्टी ढुंगा निकाल्ने कार्यमा रोक लगाईएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित बगरे भञ्ज्याङमा गोल्डेन गुड कम्पनीले अनाधिकृत रुपमा गिट्टी, ढुंगा निकासी गरेपछि बुधबारबाट नगरपालिकाले बन्द गराएको हो ।
दिक्तेल–चखेवाभञ्ज्याङ सडकमा कालोपत्रे गर्नका लागि गोल्डेन गुड कम्पनीले जिल्ला बन कार्यालय दिक्तेलमा आईई रिपोर्ट बुझाएर काम थालेका र नगरपालिकालाई कुनै जानकारी नगराई गिट्टी ढुंगा निकालेपछि उक्त कार्य बन्द गराईएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, “शुरुमा उहाँहरु हामीसँग आउनुभएको थियो । हाम्रो प्रक्रियाभित्र छिरेर काम गर्नुहोस भन्यौ ।” उनले भने, “तर, बनको प्रक्रियामा मात्र गरेका र नगरलाई जानकारी नदिंदा हामीले रोकेका हौ ।”
सडकको काम गरिरहेको गोल्डेन गुड कम्पनीले नगरपालिकाभित्रको खार्मी र नेर्पाको जंगल मासेर अनाधिकृत तवरमा ५ हजार घनामिटर ढुंगा, गिट्टी कालोपत्रेका लागि प्रयोग गरीसकेका छन् । गोेल्डेन गुड कम्पनीका मेनेजर साङगे शेर्पाले भने ‘जिल्ला बन कार्यालयका डेफोमार्फत मौखिक सल्लाह भएकाले गिट्टी निकाल्ने काम गरिएको बताए ।
सो स्थानमा डाडाँखर्क खिसापत्रे सामुदायिक वन नेर्पाका अध्यक्ष चन्द्रकुमारी गुरुङले बन बग्ने, पहिरो जाने, खेतीयोग्य जमिन पुरिने हुनाले पटक–पटक जिल्ला बन कार्यालयमा मौखिक तथा लिखित जानकारी दिइएकी बताईन् । आईई रिपोर्ट र आन्तरिक सल्लाहमा जिल्ला बन कार्यालयले भने गिट्टी झिक्न दिएको बुझिएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ सडकको कालोपत्रे जिम्मा लिएको गोल्डेनले महिनादिन अगाडीबाट बगारे भञ्ज्याङदेखी गिट्टी ढुंगा निकालेका नेर्पाका स्थानिय डम्बर भुजेलले बताए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology