समायोजन खबर फागनु/२१ खोटाङ,
खोटाङको मंगलटारका १० दलित परिवारलाई आरनमा आगो फुक्ने आधुनिक मेसिन प्रदान गरिएको छ । खलाँतीले आगो फुकेर आरन चलाएर जिबिका चलाउँदै आएका बिश्वकर्मा परिवारलाई आगो फुक्ने आधुनिक मेसिन प्रदान गरिएको हो । आरनमा उपयोग भइरहेका छालाको खलाँती बिस्थापित गर्नका लागि बिश्वकर्मा परिवारलाई प्रतिवटा ७ हजार मूल्या पर्ने आगो फुक्ने मेसिन प्रदान गरिएको वडाध्यक्ष रमेश राउतले बताउनुभयो ।
मंगलटारका १० बिश्वकर्मा परिवार गाउँघरको कुटो, कोदालो, फाली, हँसिया र कचिया लगायतका फलामे सामान बनाइदिए वापत आउने अन्नबाट जिबिकोपार्जन गर्दैआएका छन् । आगो फुक्ने आधुनिक मेसिन पाएपछि बिश्वकर्मा परिवार उत्साहित भएका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology