नेपालबाट सुनील थापामगरले ३० बलमा ४ चौकासहित ३८, कप्तान कीर्तन श्रेष्ठ दुवालले ४७ बलमा २ चौकासहित ३७ र पदमबहादुर बडैलाले ३ चौकासहित १८ बलमा २३ रनको बनाए । अब्दुल जाहिर फकिर १० रनमा आउट भए ।
श्रीलंकाबाट ओपनर सुरङगा सम्पथले ४८ बलमै १ सय ११ रन बनाए । उनले १ छक्का र १९ चौका प्रहार गरी रिटायर्ड हर्ट भए । रुवान वासन्थाले ४१ बलमा ७६ रनको जोडे । कभिदु थोमाले १२ अबिजित ३२ र रुवान थिलकाले १८ बलमा ३३ रन प्रहार गरे । भारतमा भइरहेको प्रतियोगितामा नेपालको यो पाँचौं हार हो ।