चिसाङ शेर्पा फागुन/११ खोटाङ,
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको दोश्रो चरणको ४ दिने आधारभुत विपद व्यवस्थापन तथा प्राथमिक उपचार तालिम सकिएको छ । रुपाकोट मझुवागढी नगरपालिकाको १५ वडालाई लक्षित गरी दिन थालिएको दोश्रो चरणको तालिम शुक्रबार सकिएको हो ।
रेडक्रसको आयोजना तथा रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा नगरपालिकाको नेर्पा, चिउरीडाडाँ, चिउरीडाडाँ दोर्पा, निर्मलीडाडाँ र पाथेकाका १२ जना महिला, ८ जना पुरुष सहभागीलाई रेडक्रसको तालिमहलमा तालिम दिइएको हो ।
स्थानियस्तरमा देखापर्ने प्रकोप पहिचान, प्राथमिक उपचार, आकस्मिक दुर्घट्ना हुंदा अपनाउनुपर्ने तरिका, सामान्य घाउचोटमा औषधीको प्रयोग लगायतको बिषयमा तालिम दिएकोे नेपाल रेडक्रस सोसाईटी खोटाङका कार्यक्रम अधिकृत तथा तालिम संयोजक तेज श्रेष्ठले बताए ।
वडाका चार/चारजनाको सहभागितामा हुने तालिमको तेश्रो चरणमा खार्मी, जालपा, नुनथला, बुईपा र विजयखर्कका स्थानियलाई तालिम दिईने रेडक्रसले जनाएको छ । तालिमका सहभागीहरुलाई प्रमुख प्रशिक्षक तेज श्रेष्ठ र प्रशिक्षकद्धय लोकमाया थापा र बादल देवानले प्रशिक्षण दिएका थिए ।
यसअघि फागनु ३ गतेदेखी ७ गतेसम्म दिक्तेल, सोल्मा, बाम्राङ, खाल्ले र लफ्याङका १४ महिला र ६ जना पुरुषलाई तालिम दिइएको थियो । कार्यक्रमको अन्तिम चरणको तालिम आगामी आईतबारदेखी बुधबारसम्म सञ्चालन हुने रेडक्रसले जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology