समायोजन खबर फागुन/११ खोटाङ
खोटाङको त्रिधार्मिक तथा पर्यटकीयस्थल हलेसीबजार आसपासका सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको टहरा भत्काउन थालिएको छ । अस्तव्यास्त संरचना हटाउँदै हलेसीलाई सुन्दर धार्मिक नगरीकारुपमा बिकास गर्ने लक्ष्यकासाथ हलेसी तुवाचुङ नगरपालिकाले शुक्रबारदेखि सार्वजनिक एबं सडकको जग्गा अतिक्रमण गरेर बनाइएको टहरा लगायतका संरचना हटाउन थालेको हो । मापदण्ड बिपरितका संरचना हटाउनका लागि चौथोपल्ट दिएको म्याद बित्दा समेत अटेर गरेको पाइएपछि डोजर लगाएर टहरा भत्काउन थालिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।
सुरक्षाकर्मी सहित हलेसी पुगेका सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुबेदीको उपस्थितिमा नगरपालिकाले टहरा भत्काउन सुरु गरेको हो । नगरपालिकाले हलेसी आसपासका २१ स्थानीयको २३ वटा टहरा भत्काएको छ । बाँकी टहरा पनि क्रमशः भत्काइने मेयर राईले बताउनुभयो । सार्वजनिक सुचना प्रकाशन, सूचना टाँस एबं माइकिङ गरेर आग्रह गर्दा समेत टहरा हटाउन अटेर गरिएपछि नगरपालिकाले बल प्रयोग गरेको जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology