चिसाङ शेर्पा फागुन/२ खोटाङ,
खोटाङमा असिनासहित पानी परेको छ । असिनासँगै करीब दुई घण्टा परेको पानीले जिल्लाबासीहरु हर्षित बनेका छन् । माघ महिना सकिए पनि पानि नपरेकोमा किसानहरु चिन्तीत बनेका थिए । पानी परेसँगै कृषिबाली गर्नलाई कृषकहरु हौसिएका छन् ।

पानि परेपछी सुख्खा जमिनहरुमा अब सहजै खनजोत गर्न सकिने किसानहरुले बताएका छन् । सदरमुकाम दिक्तेलबजारमा सामान्य असिना जमेको थियो । जिल्लाको माथिल्लो भेगहरुमा हिउँ परेको छ ।
ट्याम्के, रुपाकोट, टोड्केमा हिउँ परेको स्थानियहरुले जानकारी दिएको छ । बुइपास्थित सार्कीटार खेलमैदान असिनाले सेताम्मे बनेको नुनथलाका स्थानिय दोर्जे शेर्पाले बताए । शेर्पाका अनुसार नुनथलाका तल्लो भेगमा हल्का बर्षा भएको छ ।

यस्तै, जिल्लाको दक्षिणी क्षेत्रका केही भागमा पानि नपरेको त्यहाँका स्थानियले बताएका छन् । पानी परेसँगै लगाईएका हिउँदे बालीहरुलाई राहत पुगेको छ । लेकाली भेगमा रोपेको आलु, मकैको बिउ उम्रनेमा किसानहरु ढुक्क भएका छन् ।


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology