• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा बिना ईजाजतका सवारी साधनलाई कारवाही गर्न माग

खोटाङमा बिना ईजाजतका सवारी साधनलाई कारवाही गर्न माग


चिसाङ शेर्पा
  • शनिबार, माघ २७ २०७४

  • चिसाङ शेर्पा माघ/२७ खोटाङ,
    जिल्लामा अनाधिकृत रुपमा सञ्चालन भईरहेकोे सवारीसाधनलाई नियमबद्ध बनाईनुपर्ने खोटाङ यातायात ब्यवसायी संघले माग गरेको छ । संघले विभिन्न जिल्लाबाट भित्रिएर खोटाङमा लापारबाही, अब्यवस्थित र अस्वस्थ्य प्रर्तिस्पर्धा गरीरहेका सवारी साधनलाई तत्काल निगरानी गरी जिल्लामा रुट परमिट, संघ तथा प्रालीको ईजाजत भए/नभएको टुंगो लगाएर मात्रै सञ्चालन अनुमती दिनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिएको छ ।

     

    विना ईजाजत भित्रभित्रै सेटिङ मिलाउँदै समय निर्धारण नगरी जथाभावी सवारी चलाएको गुनासो आएपछि यातायात व्यवसायी संघले यातायातलाई व्यवस्थित र भरपर्दो बनाउन बुधबार प्रशासनलाई ध्यानाकर्षण गराएको हो । कुनैपनि यातायात ब्यवसायीले स्थानिय संस्थासँग समन्यव गरी चल्नुपर्नेमा खोटाङ यातायात ब्यवसायीसंघ बाहेक अन्य आधिकारी भए नभएको खुलेको छैन ।

     

    जिल्लामा ब्यक्तिगत सवारी साधनहरु विभिन्न संघ तथा प्रालीको नाममा ब्यानर टाँसेर जथाभावी चलिरहेको अवस्थामा पाईयो खोटाङ यातायात व्यवसायी संघका अध्यक्ष विष्णुकुमार श्रेष्ठ स्याण्डेले भन्नुभयो । त्यस्ता सवारी साधनले आधिकारीक बाटो ईजाजतपत्र लिएको छ/छैन, राज्यलाई कर तिरेका छन्/छैनन्, भैपरी आउने घट्नाहरुको जिम्मा लिन्छन्/लिन्नन् हामी अनविज्ञ छौ । उनले भने, गाडीवालसँग आधिकारीक कागजपत्र छन/छैनन् छानविन हुनु जरुरी छ ।

     

    हालका लागि जनपथ प्रहरी र ट्राफिक प्रहरी खटाएर बुलुबुक, रुट परमिटको चेकजाच गर्ने काम भईरहेको खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताउनुभयो । संघको आधिकारीक पत्र हामीसँग आएको छ । उनले भने दिक्तेलबजारस्थित रत्नपार्कमा अनाधिकृत रुपमा सञ्चालन भएका गाडीहरु धमाधम चेकिङ र कारवाही गर्ने काम भईरहेको छ ।

     

    २०६४ सालमा नेपाली सेनाको हेलिकोप्टरबाट आईचर ट्रक झुण्डाएर ल्याईएसँगै खोटाङमा शुरु भएको यातायात गत मंसिर ८ गते जयरामघाटको पक्की पुल खुलेपछी जिल्लामा सवारी साधनको संख्यामा बृद्धि भएको छ । २०६६ सालमा जिल्ला प्रशासन कार्यलयमा दर्ता भएको स्थानिय संस्था खोटाङ यातायात ब्यवसायी संघको मातहतमा हाल साना जिप ४०, यात्रुबहाक ठुला गाडी ४०, ट्रक १०, ट्याक्टर ६० वटा सञ्चालनमा छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology