चिसाङ शेर्पा माघ/२७ खोटाङ,
जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ गाउँपालिका–४ बतासे जोड्ने साप्सु खोलाको मोटरेबल पुल निर्माणको काम सुस्त देखिएको छ । छोटो दुरीमा तराई झर्ने दिक्तेल–गाईघाट सडकखण्ड अन्र्तगतको साप्सु खोलाको मोटरेबल पुल निर्माणको काममा ढिलापन देखिएको हो ।
कान्छाराम कन्ट्रक्सन÷देव एण्ड सायर जभीले ७ करोड ४० लाखको लागतमा २०७० साल बैशाखमा सम्झौता भएर ०७३ साल बैशाखमा सक्ने सम्झौता भएतापनि हालसम्म पुलको फर्माका काम सकाएर बिम ढलानका लागी डण्डी बाँध्ने काम मात्र भइरहेको छ । सम्झौता अवधिमा साप्सु पुल निर्माण नभएपछि पुनः एकबर्षका लागि दोश्रोपल्ट थप भएको म्याद पनि गत बैशाख महिनामै गुज्रिएको छ । म्याद थपेको समय सकिएर आठ महिना बितिसक्दा समेत पुल निर्माणले गति लिन नसकेको स्थानीयवासीको गुनासो छ ।

पुल निर्माणको काममा ठेकेदार कान्छाराम कन्ट्रक्सन÷देव एण्ड सायर जभीको चरम ढिलासुस्ती र लापारबाही देखिएको स्थानीयको गुनासो छ । समयमा पुल निर्माण नहुँदा दिक्तेलबाट फोक्सिङटार हुँदै गाईघाट जाने र आउने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । हिउँदमा उक्त सडक सञ्चालन भए पनि पुलकै कारण गाडी नदीभित्रैबाट र मोटरबाईक झोलुङगे पुलबाट तार्नुपर्ने बाध्यता छ ।
हाल पुलको फर्माको काम सकेर बिम ढलानका लागि डण्डी बाँध्ने काम भइरहेको कान्छाराम कन्ट्रक्सन÷देव एण्ड सायर जेभीका प्रतिनिधि कर्ण खत्रीले बताए । पुल निर्माणमा ढिलासुस्ती गरेकामा गतवर्ष १४ लाख पेनाल्टी तिरेको ठेकेदारले यसपल्ट पनि लाखौं पेनाल्टी तिर्दैछ । पहिलो पटक थपेको म्याद सकिसक्दा समेत पुल निर्माणको कामले गति नलिदा दोस्रो पटक म्याद थप्नुपर्ने देखिएको छ । तोकिएको मितिमा पुल निर्माणको काम नहुँदा जिल्लामा ठेकेदारको चर्को आलोचना भइरहेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology