समायोजन खबर माघ/२४ खोटाङ,
खोटाङको ऐसेलुखर्क गाउँपालिका–२, बाकाचोलमा ढुंगा माटो उत्खननमा रोक लगाइएको छ । वडाभित्रका विभिन्न ठाउँबाट अबैधरुपमा ढुंगा माटो उत्खनन गर्दै निकासी भइरहेको पाइएपछि वडा कार्यालयले प्राकृतिक श्रोत उत्खननमा रोक लगाएको हो ।
कच्ची सडकको कुनाबाट गरिएको उत्खननले सवारी साधनको आवागमनमा समेत अवरोध पुगेकाले ढुंगा माटो उत्खननमा रोक लगाइएको वडाध्यक्ष सन्तबीर तामाङले बताउँनुभयो ।
माघ १४ गतेको बैठकको निर्णय अनुसार वडा कार्यालयले कच्ची सडक तथा ट्र्याकमा पानी नछाड्न वडाबासीलाई आग्रह गरेको छ । जथाभावी छाडिएका पानीले सडक हिलाम्मे हुँदा सवारी साधन गुड्न असहज भएको वडाध्यक्ष तामाङले बताउँनुभयोे ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology