• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बैज्ञानिक बन हुन सकेन : स्थानीयहरुकाे दवावपछि पिके ठाेवा सामुदायिक बन समितिद्वारा राजिनामा

बैज्ञानिक बन हुन सकेन : स्थानीयहरुकाे दवावपछि पिके ठाेवा सामुदायिक बन समितिद्वारा राजिनामा


समायाेजन खबर
  • बिहिबार, माघ १८ २०७४

  • समायाेजन खबर /१८ माघ  ,साेलुखुम्बु

    बैज्ञनिक वन ब्यबस्थापनकाे नाममा साेलुखुम्बु दुधकुण्ड नगरपालिकामा अवस्थित पिके सामुदायिक बनमा स्थानिय केही ब्यक्तिहरुकै सकृयतामा बिक्री बितरण कार्य भएकाेले साे कार्य राेक्नुपर्ने भन्दै चाैतर्फी दवाव र बिराेध गरेपछि हाललाइ साे कार्य स्थगित भएकाे छ ।
    हिजाे बिहान ९ बजे वडा कार्यलय भवन तामाखानीमा सामुदायिक बन उपभाेक्ता समिति अध्यक्ष धन बहादुर तामाङकाे अध्यक्षतामा सम्पन्न आम भेलाले बैज्ञानिक बन ब्यबस्थापनबारे थप अध्ययन गर्न आवस्यक रहेकाे निस्कर्ष निकाल्दै तत्काललाइ काठ कटान र बिक्री बितरण कार्य स्थगित गरिएकाे भेलामा सहभागी एवं पिके सृजनशील युवा कलवका भु.पु अध्यक्ष देण्डी शेर्पाले बताउनुभएकाे छ ।
    करिब १५० जना सहभागी रहेकाे भेलाले बर्तमान कार्यसमिति राजिनामा गराइएकाे र नयाँ समिति गठन नहुन्जेल निबर्तमान कार्यसमिति अध्यक्ष धन बहादुर तामाङलाइ नै बन ब्यबस्थापनकाे सम्पुर्ण ज़िम्मेवारी दिइएकाे जनाएकाे छ ।
    साथै भेलाले दुधकुण्ड नगरपालिका ३ मा रहेका सबै सामुदायिक बन समुह हरु एउटै बनाउन आवस्यक रहेकाे र आगमी भेलामा प्राप्त सुझावका आधारमा अघि बढ्ने समेत निर्णय भएकाे थियेा ।
    स्मरण रहाेस पिके ठाेवा सामुदायिक बन बैज्ञानिक बन बनाउने भन्दै काठ ठेकेदार र बन समितिकेा मिलेमतेामा बनमा रहेका सबै राम्रा रूखहरू टाँचा लगाइ करिब ५ करेाड रूपैयामा टेन्डर अ।ह्वान गरी बनमा भएका रूखहरू काट्ने निर्णय गर्नुकेा साथै ठेकेदारबाट केही रकम समेत पेश्की लिइसकेकेा खुलासा भएकेा छ ।गत बर्ष जिल्लाकेा बिभिन्न स्थानहरू र सल्लेरी सडक खण्ड हुदै आेखलडुंगा जिल्लामा काठ अबैध बिक्री गर्ने गरेकेा थियेा ।
    येा गतिबिधिमा केही जिल्ला स्तरिय नेताहरूकेा अ।डमा प्रत्यक्ष केही ब्यक्तिहरू संलग्नता देखिए पनि मुख्य येाजनाकार केा हेा भन्ने थाह हुन नसकेकेा र चाँढै अनुसन्धानमार्फत खेाजी गर्ने स्थानियहरू ले बताएका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology