• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङको दिक्तेल–पञ्चमीबजार सिधा यातायात, भाडादर कति ? हेर्नुहोस

खोटाङको दिक्तेल–पञ्चमीबजार सिधा यातायात, भाडादर कति ? हेर्नुहोस


चिसाङ शेर्पा
  • सोमबार, माघ १ २०७४

  • सांकेतिक तस्विर ।

    चिसाङ शेर्पा माघ/१ खोटाङ
    खोटाङको दिक्तेल–पञ्चमीबजार सिधा यातायात सुचारु भएको छ । रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलको अस्पतालचोकदेखी दिप्रुङ गाउँपालिका टेम्माको पञ्चमीबजारसम्म ५० किलोमिटर सडकमा आईतबारबाट सिधा यातायात शुरु भएको हो ।

     

    बारम्बार ताकेतापछी बिगत केहीदिन यता त्यस रुटमा सवारीसाधन सञ्चालन भएता पनि आईतबार खोटाङ यातायात व्यवसायीसंघको बा २ ख ३४४१ नम्बरको गाडी गुडाएर विधिबत तरिकाले यातायात सञ्चालन गरिएको हो । दिक्तेलबाट खोटाङ यातायात व्यवसायीसंघका उपाध्यक्ष फडिण्द्र राई, महासचिव राम कुमार हिङमाङले लिएर पुगेको गाडीलाई स्थानियले फुलमाला अविर लगाएर स्वागत गरेका थिए । दिप्रङ गाउँपालिका प्रमुख भुपेन्द्र राई, उपप्रमुख सपना राईले एकसाथ रिबन काटेर त्यस रुटमा विधिबतरुपमा सवारी साधन सञ्चालनका लागि अनुमती दिएका हुन् ।

     

    दिक्तेल–पञ्चमीबजार सिधा यातायात सुचारु भएपछी पालिकाभित्रका ६५ बर्षमाथी उमेरका यात्रुहरुलाई निशुल्क तोकेको भाडादर कार्यान्यवन भएकोे दिपु्रङ गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताउनुभयो । राईका अनुसार दिक्तेल–पञ्चमीबजार पाँचसय रुपैयाँ भाडादर कायम गरिएको छ ।

     

    पालिकाभित्रका ६५ बर्षमाथीका बृद्धबृद्धाका लागि निशुल्क भाडादर कायम भएको र उनीहरुले केही दिन गाडी चढ्ने समयमा आफ्नो नागरिकता देखाउनुपर्ने पालिका उपप्रमुख सपना राईले बताईन् । राईका अनुसार, तत्कालका लागि उहाँहरुले नागरिकता देखाउनुपर्ने हुन्छ । केही समयपछी पालिकाले परिचयपत्र वितरण गर्ने उहाँले बताउनुभयो । बृद्धबृद्धाहरु चढेबापतको भाडादर पालिकाले ब्यहोर्ने छ ।

     

    यातायातका साधन नचल्दा दुख खेपिरहेका सो भेगमा स्थानियलाई दैनिक जनजिवनमा सहजता पुग्ने अनुमान गरिएको छ । यात्रुको चाप बढेमा सवारी साधन थप गर्न सकिने खोटाङ यातायात व्यवसायीसंघका महसचिव राम कुमार हिङमाङले बताए ।

     

    बेलायती सरकारको सहयोगमा ग्रामीण पहँुच कार्यक्रम ¥यापले ११ वर्ष लगाएर २०६९ साल असारमा उक्त सडक निर्माण गरेको हो । ¥यापले ३६ करोड ३२ लाख ९९ हजार ३९१ रुपैयाँको लागतमा वाताबरणमैत्री प्रबिधि अपनाएर निर्माण गरेको कच्ची सडक ६ महिना सञ्चलानमा आउने र ६ महिना बन्द हुने गरेको छ ।

    भाडादर कति हेर्नुहोस

    स्रोत :दिप्रङ गाउँपालिका उपप्रमुख सपना राई

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology