चिसाङ शेर्पा पुस/२९ खोटाङ,
ट्यूव चढेर नदी तर्नेक्रममा बेपत्ता भएका बालकको अझै पत्ता लागेको छैन । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईको १४ वर्षीय छोरा किरण राईको तीनदिन बित्तासमेत पत्तो नलागेको हो । छुट्टीमा साथीहरुसँग माछा मार्न दुधकोसीमा गएका किरण बिहिबारबाट बेपत्ता भएको प्रहरीले जनाएको छ ।
दुधकोसी र सुनकोसीको संगमस्थल नजिकै जोर्तीघाटबाट ट्यूव चढेर नदी तर्नेक्रममा राई बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीका अनुशार उनी नदीकोबीचमा पुगेपछि ट्यूवबाट पल्टिएर बेपत्ता भएका थिए । बेपत्ताको खोजीका लागि प्रहरीचौकी च्यास्मीटारबाट परिचालित प्रहरी र परिवार शुक्रबार साँँझ बालकको भेट्न नसकेपछि फर्किएका थिए ।
नदीको ठूलो बंगालो भएको र खोज्नलाई समस्या भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए । शनिवार पनि खोजी कार्य जारी रहेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology