चिसाङ शेर्पा पुस/२६ खोटाङ,
खोटाङको दिपु्रङ गाउँपालिका ४ बतासेको भण्डारेघाटमा पुस २४ गते सोमबार साँझमा मानिसहरु छिटफुट रुपमा जम्मा हुंदै थिए । सुनकोशी नदिको काखमा रहेको पालिकाको सानो ब्यापारिक केन्द्र भण्डारेघाटमा सदरमुकाम दिक्तेलबाट पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दमन राई, वरिष्ठ पत्रकार कृष्ण आचार्य सहित पत्रकारको टोली सोही दिन राती त्यहाँ पुगे ।
भण्डारेघाटका होटलहरु भरीभराउ हुंदै गयो करीव रातीको ११ बजे पोखराबाट प्याराग्लाईडरको टोली पनि त्यही आईपुगे । टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका एटिसी अफिसर मुकेश डंगोल, ओपन स्काई प्याराग्लाईडिङका पाईलट नुरेन रानामगर, पाईलटहरु बिशाल थापा, भुवन आचार्य, नारायण पराजुली थिए । नुरेन डोयट (डबल) उडाउन सक्ने पाईलट हुन् । अन्य तीन सोलो पाईलट हुन् ।
मंगलबार विहानैबाट दिपु्रङ गाउँपालिकासहित अन्य छिमेकी पालिकाका स्थानियमा प्याराग्लाईडिङ गरेको हेर्ने ईच्छा ब्यग्र हुंदै गएको थियो । दिपु्रङ गाउँपालिका अध्यक्ष भुपेन्द्र राई सुनकोशी नदीमा अवस्थित सानो भण्डारेघाटमा ल्याण्ड सिंगनल राखेर प्याराग्लाईडिङ टोली लिई साविक बतासे गाविसको भीरचुङ्माडाडाँ पुगे । स्थानियले पाईटल र पत्रकारको टोलीलाई फुलमाला र अबिरले स्वागत गरेका थिए ।
समुन्द्रीसतहदेखी १२ सय ८७ मिटर हाईटमा अवस्थित भीरचुङ्माडाडाँमा स्थानिय, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, बुद्धिजिवी प्रत्यक्षरुपमा प्याराग्लाईडिङ फ्लाईट हेर्न पाउने भएपछी के होला, कसो होला भनेर उत्सुकतामा रमेका थिए । मोवाईलमा फोटो तथा भिडियो कैद गर्न जोशिएका थिए ।
प्याराग्लाईडिङका लागि आवाश्यक प्रविधि जडान पश्चात पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका एटिसी अफिसर मुकेश डंगोलले परिक्षण फ्लाईट गर्न आसपासका मानिसलाई परपर पारे । ओपन स्काई प्याराग्लाईडिङका पाईलट नुरेन रानामगरले पालिका अध्यक्ष राईलाई उड्न अगाडी निर्देशन दिंदै थिए । राई सानो बच्चाले झै निर्देशन पालना गरीरहेका थिए ।
मंगलबार मध्यान्ह १२ : ३० बजे पाईलट रानामगरले पालिका अध्यक्ष राईलाई साथमा लिएर दिपु्रङ गाउँपालिका बतासेको भीरचुङ्माडाडाँबाट फराकिलो निलो आकाशमा उडे । देखिञ्जेल पाईटलका साथमा उडेका अध्यक्ष राइको चेहेरामा डरपनको रेशाहरु देखिन्थ्यो ।
हावाको साहारामा जमिन छोडेर सुनकोशी नदीसँगै आसपासका भौगोलिक दृश्य नियाल्न भ्याएका पाईलटसहित राई आधाघण्टा अवधिमा बतासेकै सुनकोसी किनारमा रहेको सानो भण्डारेघाटमा ल्याण्ड भए । त्यसपछी पाईलटहरु बिशाल थापा, भुवन आचार्य, नारायण पराजुली पनि सोही स्थानमा उत्रिए । ल्याण्ड हुने स्थान समुन्द्रीसतहबाट २ सय ८५ मिटरमाथी रहेको ओपन स्काई प्याराग्लाईडिङका पाईलट नुरेन रानामगरले जानकारी दिनुभयो ।
पर्यटन प्रवर्धन गर्दै गाउँमा स्वरोजगारको वाताबरण निर्माण गर्नका लागि दिप्रुङ गाउँपालिकाले मंगलबार बतासेको भीरचुङ्माडाँडाबाट गरेको प्याराग्लाइडिङ फ्लाईट सफल परिक्षण भएको छ । भीरचुङ्माडाँडाबाट उँडेको प्याराग्लाइडर बतासेकै सुनकोसी किनारमा रहेको सानो भण्डारेघाटमा झरेपछी स्थानियले पाईलटलाई फुलमाला, अबिरले सम्मान गरेका थिए ।
प्याराग्लाईडिङ गर्ने कल्पना कहाँबाट आयो भन्ने प्रश्नमा “परिकल्पना भन्दा पनि मान्छेले गर्नसक्ने काम भएको र अन्य ठाउँ, भूगोलमा गरेका कामलाई आफ्नो स्थानमा ल्याउन नसके नयाँ काम गरेको नठर्हर्ने तथा जनतालाई के काम गरे भनेर मुख देखाउने, दिपुङ गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले, भने यो कुनै नौलो काम हैन सिकेको मात्रै हो ।”
गाउँपालिकालाई संमृद्ध र प्रगतीको बाटोमा डो¥याउने उद्देश्यले पालिका अध्यक्षमा उम्मेद्वार बनेको बताउँदै अध्यक्ष राईले ‘चार वर्षभित्रमा प्याराग्लाईडिङलाई व्यवसायिक रुपमा स्थापित गरी सुनकाशी नदीलाई बाधक नभई त्यहाँ ¥याफटीङ माध्यमबाट गाउँपालिकामा भित्रिने पर्यटकलाई दिप्रुङ गाउँपालिकाको छितापोखरी र टेम्माकोबीचमा रहेको धिप्लुङ झरनासम्म पु¥याउने तथा ओझेलमा परेको झरनाको पर्यटन प्रवर्धन गर्ने लक्ष्य राखिएको बताए ।’
बतासेको भीरचुङ्माडाँडामा प्याराग्लाइडिङ टेकअफ ल्याण्डिङका लागि सम्भावना बलियो प्रमाणित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका एटिसी अफिसर मुकेश डंगोलले बताउनुभयो । भीरचुङमाडाडाँ प्याराग्लाईडिङका लागि उत्तम स्थान रहेको र त्यहाँसम्म पुग्न पक्की सडक, बत्ती, पानी, होटलको व्यवस्थापन गर्नुपर्ने ओपन स्काई प्याराग्लाईडिङका पाईलट नुरेन रानामगरले सुझाव दिनुभयो । उड्न ग्राउन स्लोप भएको, आसपासका रुखहरु काट्नुपर्ने र रनिङ स्पिडलाई स्पेस बनाउनुपर्ने बताउनुभयो ।
जिल्लामा प्याराग्लाईडिङको सफल परिक्षण भएसँगै अहिले चर्चाको विषय बनेको छ । अन्य नगरपालिका तथा गाउँपालिकाले सिक्नु पर्ने अभ्यास भएको छ । दुई नगरपालिका आठ गाउँपालिका रहेको खोटाङमा स्थानिय सरकार कायम भएपछी फरक काम भएको यो पहिलो रेर्कड हो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology