चिसाङ शेर्पा पुस/२२ खोटाङ,
निकट भविष्यमा खोटाङका विभिन्न खोलामा मोटरेवल पक्की पुल निर्माण हुने भएको छ । नेपाली कांग्रेसकी निवर्तमान सभासद सरस्वति वजिमयको पहलमा जिल्लाका ४ स्थानमा पक्की पुल निर्माण हुने भएको हो । कांग्रेसकी निवर्तमान वजिमयको पहलमै सडक विभाग काठमाडौंबाट रेडबुकमा पुल निर्माण गर्न योजना परेको जनाईएको छ ।
योजना अनुसार केपीलासगढी गाउँपालिकाको खार्तम्छा र रुपाकोट मझुवागढी नगरपालिकाको पाथेका बिचमा भएर बग्ने तापखोला, केपीलासगढी गाउँपालिकाकै फेदि र खार्ताम्छा भएर बग्ने तापखोलामा मोटरेवल पक्की पुल निर्माण हुने भएको हो । जन्तेढुङगा गाउँपालिकाको डम्बर्खुशिवालय एक र खोटेहाङ गाउँपालिका बड्कादियाले दुई बग्ने सावाखोला र रुपाकोट मझुवागढी नगरपालिका ९ खार्मी र केपीलासगढी गाउँपालिका १ भएर बग्ने तापखोलामा पक्की पुल निर्माण हुने भएको कांग्रेस नेता बाजेन्द्र विष्टले जानकारी दिनुभयो ।
मोटरेवल पक्की पुल निर्माणका लागि स्थलगत सर्वेक्षण भईसकेको छ । तत्काल प्राविधिक आएर डिपिआरको काम सुरु हुनेछ । विष्टले भने, “पुल निर्माणका लागि वजिमयले पहल गर्नुभएको र डिपिआर गरेसंगै सर्वेक्षण प्रतिवेदन पेश गरेपछि नेपाल सरकारवाट वजेट विनीयोजन भएर काम सुरु हुनेछ ।”
सडक विभाग पुल महाशाखामा पूर्वाञ्चलबाट पेश भएका २० वटा मोटरेवल पक्की पुलमध्ये जिल्लाका लागि ४ वटा पुल निर्माण गर्न भन्दै नेपाल सरकारबाट निर्देशन प्राप्त भएको जनाईएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology