समायोजन खबर पुस/१७ खोटाङ,
चाम्लिङ राईको भाषा संरक्षण, संबृद्धि र बिकासका लागि खोटाङको हलेसीमा चाम्लिङ भाषामा हाजिरी जवाफ प्रतियोगीता गरिएको छ । चाम्लिङ राई भाषामा प्रकाशन हुँदै आएको सितिमी मासिक पत्रिकाको तेश्रो वार्षिक स्थापना दिवसको अवशरमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानस्थित महेन्द्रोद्धय माबि हलेसीमा चाम्लिङ भाषामा हाजिरी जवाफ प्रतियोगीता गरिएको हो । प्रतियोगीतामा दलित जनजागरण प्रावि धितुङ प्रथम, बुलापन्थे मावि धितुङ दोश्रो र पारुहाङ शरण प्रावि धितुङ तेश्रो र जनकल्याण प्रावि धितुङ शान्त्वना भएको प्रतियोगीताका संयोजक रकम रोदुङले बताउनुभयो ।
चाम्लिङ राईको सघन बसोबास रहेको नगरपालिकाका विद्यालयका कक्षा ८ सम्मका छात्र÷छात्रालाई सहभागी गराएर हाजिरी जवाफ प्रतियोगीता आयोजना गरिएको हो । प्रतियोगीतामा प्रथम, दोश्रो, तेश्रो र शान्त्वना स्थान प्राप्त गर्ने समुहलाई क्रमश : ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । विजेता समुहलाई हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम बोहेम्मामा सञ्चालन हुने सितिमी गोल्डकपको उद्घाटनको अवशरमा माघ १ गते प्रदान गरिने पत्रिकाका सम्पादक तिलक चाम्लिङले बताउनुभयो । प्रतियोगीता हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका वडाध्यक्ष चइन्द्र राईको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology