चिसाङ शेर्पा पौष/१७ खोटाङ,
जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो खोटाङ आईडलको पहिलो चरणको अन्तिम अडिसन दिक्तेलमा जारी रहेको छ । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने मुल उद्देश्यका साथमा गत मंसिर २३ गते साकेला गाउँपालिका रतन्छाबाट शुरु भएको खोटाङ आईडलको पहिलो चरणको अडिसन मंगलबार सकिने भएको छ ।
आयोजकको निर्धारित कार्यक्रम रुपरेखा अनुसार अडिसन सोमवार सकिने भनिए पनि सदरमुकाम दिक्तेलमा कार्यक्रम व्यवस्थापन र अतिथिहरुको ढिलो उपस्थितीले तोकिएको समयबाट रियालिटी शाको अडिसने शुरु हुन नसक्दा सांगितिक रियालिटी शो खोटाङ आईडलको पहिलो चरणको छनौट प्रक्रिया एक दिन पर सरेको हो ।
परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानी चप्लेटी र नगरपालिका तथा गाउँपालिकामा रहेका सहआयोजकको सहकार्यमा आठ गाउँपालिका, दुई नगरपालिका अन्तरगत दिक्तेलको अडिसनमा ७५ जनाले सहभागिता जनाएका छन् । सोमबार ३० जनाले आफ्नो प्रतिभा प्रस्तुत गरेका कार्यक्रम संयोजक जिबन कुमार राइले बताउनुभयो ।
बाँकी प्रर्तिस्पर्धीहरुका लागि मंगलबार दश बजेबाट छनौट कार्यक्रम रहेको आयोजकले जनाएको छ । दिक्तेलमा सञ्चालन भईरहेको अडिसनमा गायक पृथ्बी जिम्बा, अटल राई, भक्त बिक र राजन पुर्बेली निर्णयकमा रहेका छन् ।
रियालिटी शोका वजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्राले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्टले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology