• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आठ गाउँपालिमा सकियो ‘खोटाङ आईडल’, छनौटमा बालकदेखी बयष्कसम्म

आठ गाउँपालिमा सकियो ‘खोटाङ आईडल’, छनौटमा बालकदेखी बयष्कसम्म


चिसाङ शेर्पा
  • मंगलबार, पौस ११ २०७४

  • चिसाङ शेर्पा पौष/११ खोटाङ,
    नेपाल आईडल समापनको माहोल सेलाउदै गर्दा पुर्बी पहाडी जिल्ला खोटाङमा भईरहेको जिल्ला स्तरिय सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ अहिले बहुत चर्चामा रहेको छ । जिल्लामा रहेका कला र गलालाई बिश्वसामु पु¥र्याउन कुनाकन्दरामा लुकेर रहेका प्रतिभाको खोजि निरन्तर भईरहेको छ ।

     

    दुई नगरपालिका, आठ गाउँपालिका रहेको खोटाङमा पहिलो चरणको लागि ११ स्थानमा अडिसन राखिएको थियो । हालसम्म आठ गाउँपालिकामा पहिलो चरणको अडिसन सकिंएको छ । त्यहाँबाट बालिकादेखी युवायुवती र बयष्कसम्म दोश्रो अडिसनका लागि छनौटमा परेका छन् ।

    “छनौटमा परेका प्रर्तिस्पर्धीहरु छिटफुट बाहेक प्राय :साना उमेरका छन् । उमेरमा साना भएता पनि कला र गलामा निखारता भएका प्रतिभाहरु छन् ।”

    गत मंसिर २३ गते साकेला गाउँपालिकाको रतन्छाबाट शुरु आईडलको अब २ नगरपालिकामा तीन स्थान पहिलो चरणको अडिसन हुन बाँकी छ । जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शोमा साकेला गाउँपालिकाबाट १०, दिप्रुङ गाउँपालिका ११, खोटेहाङ गाउँपालिका १६, जन्तेढुंगा गाउँपालिका ८, बराहपोखरी गाउँपालिका ९, केपिलासगढी गाउँपालिका १६, ऐसेलुखर्क गाउँपालिका १० र लामिडाडाँ गाउँपालिकाबाट ७ जना खोटाङ आईडलको दोश्रो चरण अडिसनका लागि छानिएका छन् ।

     

    आयोजक परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिकाका अनुसार गाउँपालिकाको पहिलो चरण अडिसनबाट ८७ जना दोश्रो चरणमा भाग लिन सफल भएका छन् । छनौटमा परेका प्रर्तिस्पर्धीहरु छिटफुट बाहेक प्राय : साना उमेरका छन् । उमेरमा साना भएता पनि कला र गलामा निखारता भएका प्रतिभाहरु छन् । “उनीहरुले जिल्लालाई गायनको क्षेत्रबाट योगदान पु¥र्याउछन् भन्ने उद्देश्यले दोश्रो अडिसनका लागि हामीले छनौट गरेका हौ । कार्यक्रम संयोजक जिबन कुमार राईले बताए । राईका अनुसार छनौट भएका ८७ जनामा अधिकांसको उमेर २० वर्षभन्दा तल रहेको छ ।”

     

    गाउँपालिका र नगरपालिमा रहेका सहआयोजक सँगको सहकार्य तथा प्रवासमा रहेका खोटाङगेहरुको आर्थिक सहयोगमा करीब ९ लाखको लागतमा सञ्चालन भईरहेको सांगितिक रियालिटी शोमा लामिडाडाँ गाउँपालिका खार्पा २ बाट १० वर्षिय बालिका ईशारा चेली राई र केपिलासगढी गाउँपालिका बाकाचोलदेखी १२ बर्षिय कञ्चन राई खोटाङ आईडलको दोश्रो अडिसनका लागि छनौटमा परेकी छन् ।

     

    पहिलो अडिसनका लागि संगीतकार, गायक तथा पुर्वेली सरगम संगीत विद्धालयका सदस्य भक्त बिक र पुर्वाञ्चल आईडल टप थ्री दिपेश पायल राई जर्जमेनबाट छानिएका उनीहरु हालसम्मको प्रर्तिस्पर्धीमध्ये गायनमा अब्बल रहेका छन् । आयोजकका अनुसार पुस १२ गते हलेसी तुवाचुङ नगरपालिका हलेसी, १४ गते रुपाकोट मझुवागढी नगरपालिका बुईपा पञ्चेदोबाटो र १७ गते दिक्तेलमा पहिलो चरणको अडिसन सकिनेछ ।

     

    रियालिटी शोका वजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्टले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology