चिसाङ शेर्पा पौष/६ खोटाङ,
निजि कम्पनी एनसेलले खोटाङमा आफ्ना प्वाईन्ट अफ सेल्समेनहरुलाई उपहार स्वरुप विविध सामग्री वितरण गरेको छ । जिल्लामा रहेको एनसेलको डिलर ईष्ट हिमालयन ईन्टरप्राईजेज प्रालिको सहकार्यमा आवद्ध मोवाईल पसल, ईलेक्ट्रोनिक्स र स्टेशनरी पसलहरुलाई सिमकार्ड विक्री गरे बापत च्यानल लोयल्टी प्रोग्राम अन्तरगत एनसेलले पुरस्कृत गरेको हो
जिल्लाका विभिन्न स्थानमा ब्यावसायमा आवद्ध व्यक्तिहरु विहीवार पुरस्कृत भएका हुन् । पुरस्कृत हुनेहरु श्रेष्ठ बुक्स एण्ड स्टेशनरीले फोईन वान प्रिन्टर, सगरमाथा डिजिटल फोटो स्टुडियोले फ्रिज, शर्मिला ईलेक्ट्रोनिक्स ग्याँस गिजर, ईटिसी ईलेक्ट्रोनिक्स डिजिटल क्यामेरा, रोशीष साईबर राईस कुकर, रोशिका मोवाईल सेन्टर मिक्चर ग्रिन्डर, राम वाच एण्ड भाँडा पसल ग्याँस हिटर, ईष्ट हिमालयन ईन्टरप्राईजेज शाखा दिक्तेल डिजिटल क्यामेरा, मनोज मोवाईल सेन्टर फो सिएफएल ईन्भटर, मनोज फोटोकपी सेन्टर तथा मोहन प्रकास ईलेक्ट्रोनिक्स सेन्टरले इर्मजेन्सी टर्चलाईट र ब्राईट फ्युचर ईलेक्ट्रोनिक्सले मेघा चिप्स कम्प्युटर, माईक्रोवेभ ओभन पाएका छन् ।
यस्तै, ऐसेलुखर्क गाउँपालिकामा राजभण्डारी डिजिटल फोटो स्टुडियोले इर्मजेन्सी टर्चलाईट, हेमन्त ट्रेड एण्ड सप्लार्यस विधुतिय पंखा, लक्की ईन्स्टीच्युट एण्ड साईबर मिक्चर ग्रिण्डर र केपिलासगढी गाउँपालिका बाक्सिलामा सेवा ईलेक्ट्रोनिक्स सेन्टरले मिक्चर ग्रिण्डर पुरस्कार पाएका ईष्ट हिमालयन ईन्टरप्राईजेज दिक्तेलका सञ्चालक अजय बस्नेतले जानकारी दिए । व्यापारी तथा व्यवसायीलाई एनसेलका सगरमाथा जोनल हेड विकल श्रेष्ठ र किरण शाहले बधाईसंगै पुरस्कार वितरण गर्नुभएको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology