चिसाङ शेर्पा मंसिर/२३ खोटाङ,
खोटाङमा सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ शनिवारबाट शुरु भएको छ । जिल्लाको हकमा ठूलो धनराशी भएको खोटाङ आईडल साकेला गाउँपालिकाको रतन्छाबाट शुरु हुदैछ ।
बिहान ११ बजेवाट सुरुवात हुने सांगितिक रियालिटी शोमा बिसजना संगीत पारखीहरुले फर्म भरेका छन् । संगीतमा रुचि भएकाहरुले कार्यक्रम शुरु हुने दिनमा समेत उत्साहजनक तवरमा फर्म भरीरहेका आयोजक परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका राजापानीले जनाएको छ । हालसम्म जिल्लाभरीको रेर्कड अनुसार सयौंले सहभागिताका लागि आवेदन दिएका छन् । सहभागिताका लागि ५५५ नगदका साथमा एकप्रती फोटोसहित फर्म भर्नुपर्नेछ ।
आयोजकका अनुसार २५ गते दिप्रुङ गाउँपालिका पञ्चमीबजार, २७ गते खोटेहाङ गाउँपालिकाको खोटाङबजार, २९ गते जन्तेढुंगा गाउँपालिकास्थित चिसापानीबजार, पौष १ गते बराहापोखरी गाउँपालिकाको साउनेचौर, ५ गते केपीलासगढी गाउँपालिकाको बाक्सिलाबजार, ८ गते ऐसेलुखर्क गाउँपालिकास्थित ऐसेलुखर्कबजार, १० गते लामिडाडाँ गाउँपालिकाको खार्पा, १२ गते हलेसी तुवाचुङ नगरपालिका हलेसी, १४ गते रुपाकोट मझुवागढी नगरपालिका बुईपास्थित पञ्चेदोबाटो र १७ गते नगरपालिकाको दिक्तेलमा पहिलो चरणको अडिसन गरिने कार्यक्रम संयोजक जिबन कुमार राईले बताए ।
विजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष १ गीत रेर्कडीङ गर्न पाउनेछ । दोश्रो हुनेले २४ हजार ५७४ प्रमाणपत्र, १ गीत रेर्कडीङ, ३ महिना संगीत कोर्ष, तेश्रो हुनेले १० हजार ५७४ प्रमाणपत्र, १ महिना संगीत कोर्ष, १ गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकल एकजनाले २ हजार ५७४ नगद र प्रमाणपत्र प्राप्त गर्नेछ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology