• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दुइ दिन लगाएर सुन्तला बेच्न दिक्तेल

दुइ दिन लगाएर सुन्तला बेच्न दिक्तेल

बिधार्थी कक्षा छोडेर सुन्तला बेच्दै


चिसाङ शेर्पा
  • बिहिबार, मंसिर २१ २०७४

  • चिसाङ शेर्पा मंसिर /२१ खोटाङ

    दिपु्रङ गाउँपालिका ७ टेम्माका बसन्त मगर मंगलबार मिरमिरे बिहानै डोकोभरी सुन्तला बोकेर सदरमुकाम दिक्तेल हिड्नुभयो । आफ्नो बगैचामा लटरम्म फलेको सुन्तला बुधबारको हटियाँमा बिक्री गर्न उनी एकदिन अगाडी नै दिक्तेल हिडेका हुन् ।

     

    बाटोमा रहेको साप्सु र तावाखोलाको पुल तरेर लफ्याङ उकालोमा बास बसेर बुधवार विहान ६ बजे हाटडाडाँ आईपुगेका मगरलाई दिक्तेलमा सुन्तला बिक्री गर्न एक बिहान लाग्छ । प्रत्येक स्थानीयको करेसाबारीमा बढीमा १०/१५ बोट सुन्तला हुन्छ । खाएर सकिन्न बिक्री गर्न २ दिनको बाटो हिड्नैपर्छ । सुन्तला ब्यापार गर्न दिक्तेल आईपुगेका मगरले सुनाए । टेम्मा रित्तो फर्कनलाई पाँच घण्टा लाग्ने गर्दछ ।

    मगरले भने, टेम्मामा शनिवार बजार लाग्ने गर्छ, भौगोलिक बिकटता, कम जनसंख्या र बजार अभावका कारण त्यस भेगका सुन्तलाहरु बिक्री गर्न दिक्तेल नै आउनुपर्ने बाध्यता रहेको छ । नत्र कुहिएर जाने गर्दछ ।

    “प्रत्येक स्थानीयको करेसाबारीमा बढीमा १०/१५ बोट सुन्तला हुन्छ । खाएर सकिन्न बिक्री गर्न २ दिनको बाटो हिड्नैपर्छ ।नत्र कुहिएर जाने गर्दछ ।”

    सोही, वडाका १८ बर्षिय सागर थापा मगर सुन्तला बेच्नैका लागि कक्षा छोडेर दिक्तेल आउने गर्छन । शान्ती माध्यमिक विद्धालयमा ९ कक्षामा अध्ययनरत मगर दिक्तेलमा लाग्ने बुधवार र शनिवारको हाँटमा सुन्तला बिक्री गर्न आउँदा हप्तामा ३ दिन स्कुल छुट्ने गर्छ । आर्थिक स्थिती नाजुक भएका कारण विद्धालय जानको सट्टा सुन्तला वेच्न दुई दिन हिडेर दिक्तेल आउनु परेको बताए ।

    हप्तामा सुन्तला बिक्री गरेबापत २५ सय सम्म जम्मा हुने गर्छ । बिक्री गरेको पैसाले घरायसी सामग्री लैजाने गरेका उनीहरु बताउँछन् । दिक्तेलका स्थानीयलाई सुन्तलाको स्वाद चखाउन मंसिरबाट उनीहरुको पुससम्म दैनिकी हुने गर्दछ ।

     

    यस्तै, हलेसी तुवाचुङ नगरपालिका ८ धितुङका गणेश बुढाथोकी ११ घण्टा हिडेर सदरमुकाम बदाम ब्यापार गर्न आएको बताउनुभयो । प्रबेशिका परिक्षा पास गरेर खेती किसान गरीरहेका बुढाथोकीले आफैले उत्पादन गरेको बदाम बिक्री गरी बार्षिक एकलाख आम्दानी गर्ने बताए । जमिन तयार पारेर जेठमा लगाएको दिउल कात्र्तिकबाट खान मिल्छ । उनले भने, तर बजार अभावका कारण किसानलाई व्यापार गर्न कठिन छ । बदाम ब्यापार गर्नकै लागि तीनचार दिन खर्च गर्नुपर्छ ।

     

    रुपाकोट मझुवागढी नगरपालिका बुईपा १४ बसेरीका मनमाया पोखरेल ५ घण्टाको बाटो हिडेर मेवा व्यापार गर्न दिक्तेल आएको बताए । ३५ बर्षिय पोखरेल हाँट लाग्ने अघिल्लो दिन नै फलफुल बोकेर आधावाटोमा बास बस्ने गर्छन । उनीहरु जस्तै अधिकांश मानिसहरु बजार अभावका कारण २ दिनको माया मारेर टाढाको बजार जानुपर्ने बाध्यता रहेको छ । सदरमुकाम तथा जनसंख्या बढी भएको दिक्तेलमा बुधवार र शनिवार हटिया लाग्ने गर्दछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology