• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रुपाकोट रेडियो दिक्तेल बजारवाट प्रशारण शुरु

रुपाकोट रेडियो दिक्तेल बजारवाट प्रशारण शुरु


समायोजन खवर
  • बुधबार, मंसिर २० २०७४

  • सांकेतिक तस्विर।

    समायोजन खवर मंसिर/२० खोटाङ,
    जिल्लाकै पहिलो रुपाकोट सामुदायिक रेडियोले सदरमुकाम दिक्तेलबजार स्थित अपलिङ्क स्टुडियोबाट परीक्षण पश्चात नियमित प्रशारण शुरु गरेको छ । रुपाकोट सूचना तथा सञ्चार सहकारीद्वारा २०६४ सालदेखि सञ्चालित रेडियो केही बर्षदेखि आंशिक रुपमा दिक्तेलबजारबाट अपलिङ्क प्रबिधिबाट प्रशारण हुँदै आएकोमा मंगलबारबाट नियमित प्रशारण शुरु गरेको हो ।

     

    यसअघि मुढेस्थित आफ्नै स्टेशन भवनबाट प्रशारण भईरहेको रुपाकोट रेडियोलाई दक्षिण एसियाकै सबै भन्दा बढी शेयर सदस्य रहेको रेडियोको रुपमा स्थापित छ । ५ सय वाट क्षमताको रेडियोमा ४ हजार बढी जिल्लाबासीको शेयर रहेको स्टेशन मेनेजर सुर्य तामाङको भनाईछ । दैनिक ११ घण्टा प्रशारणको ईजाजत लिएर सञ्चालनमा रहेको रेडियो ९६ थोप्लो ६ मेगाहर्जबाट सुन्न सकिन्छ ।

     

    अब नियमित रुपमा रेडियोबाट कार्यक्रम तथा समाचार प्रशारण गरिने जनाईएको छ । रेडियो प्रबिधि तथा श्रोताका माग अनुरुप थप ब्यवस्थापनसँगै अनलाईन संस्करणको समेत अन्तिम चरणमा रहेको मेनेजर तामाङको भनाई छ । हलेसी एफएम डेढ वर्ष अघि लफ्याङस्थित टेकेटारबाट प्रशारण भईरहेको छ । एफएम दैनिक १८ घण्टा प्रशारण हुने गरेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology