• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

६ महिनापछी खोटाङ सेवा समाज कतारको एम्बुलेन्स सञ्चालनमा

६ महिनापछी खोटाङ सेवा समाज कतारको एम्बुलेन्स सञ्चालनमा

नाजुक क्षमता भएकालाई फ्रि सेवा


चिसाङ शेर्पा
  • बुधबार, मंसिर २० २०७४

  • फाइल तस्विर ।

    चिसाङ शेर्पा मंसिर/२० खोटाङ,

    खोटाङ सेवा समाज कतारले जिल्लाका लागि हस्तान्तरण गरेको एम्बुलेन्स ६ महिनापछी सञ्चालनमा आएको छ । समाजले गत जेठको पहिलो साता खोटाङ एकता सेवा समाज दिक्तेलको मातहतमा सञ्चालन हुने गरी हस्तान्तरण गरेको एम्बुलेन्स मंगलवारदेखी चलेको हो ।  बिरामी लिएर एम्बुलेन्स मंगलवार राजधानी पुगेको छ ।

     

    करीव साढे १२ लाख लागतमा खरीद गरिएको एम्बुलेन्स खोटाङ सेवा समाज कतारले गएको जेठ १० गते दिक्तेलमा हस्तान्तरण गरेको थियो । कम्पनीको नियमानुसार २८ सय किलोमिटर गुडेको गाडी सर्भिस गर्नुपर्ने हुन्छ । हस्तान्तरण भएको भोलिपल्ट रि,सर्भिसिङ गर्न एम्बुलेन्स काठमाण्डौ पठाइयो तर, कम्पनीले तीनदिनभित्र सर्भिस गर्ने भनेको दुई हप्ता बिताईदियो खोटाङ एकता सेवा समाज खोटाङका अध्यक्ष माधव राईले बताए ।

    “कतारमा रहेका आम खोटाङे तथा गैर खोटाङेको सहयोगमा प्राप्त भएको एम्बुलेन्सले काठमाण्डौ, तराई, भोजपुर र जिल्लाका विभिन्न स्थानमा सुविधा दिने छ ।”

    सर्भिसिङ जेठ १९ गते सकियो, यता खोटाङ र ओखलढुंगाको जयरामघाटमा लगाईएको बेलिबृज जेठ १५ मा निकाली सकेको थियो । एम्बुलेन्स जिल्ला ल्याउन नसक्दा काठमाण्डौमा ६ महिना थन्कनुप¥र्यो राईले भने । अब, ढिलै भए पनि एम्बुलेन्स चल्न शुरु गरेको छ । यसले खोटाङे सबैलाई राहत पुग्ने छ ।

     

    कतारमा रहेका आम खोटाङे तथा गैर खोटाङेको सहयोगमा प्राप्त भएको एम्बुलेन्सले काठमाण्डौ, तराई, भोजपुर र जिल्लाका विभिन्न स्थानमा सुविधा दिने एम्बुलेन्स सञ्चालक समिती संयोजक उद्धब आचार्यले बताए । जिल्ला प्रशासन कार्यालयले तोकेको भाडादरमा एम्बुलेन्स जिल्लावासीले उपभोग गर्न पाउछन् । उनले भने “एम्बुलेन्सले जिल्लाका बिरामीलाई थप सुविधा पुग्नेछ । भाडा तिर्न नाजुक अवस्था भएका बिरामीलाई सुचना पाए सित्तैमा सेवा दिईनेछ ।”

    यसरी जु¥र्यो एम्बुलेन्स खरीद गर्ने साईत

    खोटाङ सेवा समाज कतारले सन् २०१५ जनवरीमा समाजको तर्फवाट अन्तराष्ट्रिय समन्वयन परिषद गल्फ उपसंयोजक खोटाङ ज्यामिरेका उमेश अधिकारी र गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद कतारका (२०१५–२०१७) अध्यक्ष बाकाचोल खोटाङका विनेश तामाङलाई बधाई तथा शुभकामना कार्यक्रम राखेको थियो ।

     

    त्यही कार्यक्रमवाट नै खोटाङलाई यौटा एम्बुलेन्स खाँचो छ भन्ने कुरा बाहिर आयो समाजका दितीय उपाध्यक्ष रुद्र शर्मा आचार्यले कतारबाट जानकारी दिनुभयो । हामीले ३ महिना समाजका साथीहरुसंग आन्तरिक छलफल ग¥र्यौ । सन् २०१५ अप्रिल एकमा भनभोज कार्यक्रम राखेर अप्रिल फस्टवाट आर्थिक संकलन गर्न थालेका हौ अध्यक्ष आचार्यले बताए ।

     

    सन् २०१७ अप्रिल एकवाट नै हामीले चलिरहेको आर्थिक संकलन अभियान वन्द ग¥र्यौ । दुईवर्षको अवधिमा करिव साढे १२ लाख मुल्य पर्ने एम्बुलेन्स खरिदगरी खोटाङ एकता सेवा समाज दिक्तेलको मातहतमा सञ्चालन गर्नेगरी जिल्लालाई एम्बुलेन्स दिएका हौ । अभियानवाट संकलित चार लाख रकम कोषमा रहेको छ । उनले भने, ‘त्यो पैसालाई स्वास्थ्य क्षेत्रमा नै लगाउने छौ ।’

    समाजको यस्तो छ, भावि योजना

    खोटाङ सेवा समाज कतारसँग आगामी दिनमा खोटाङको पर्यटकीय स्थल तथा पुर्वको पशुपतिनाथ भनेर चिनिने त्रिधार्मिक स्थल हलेसीको अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने योजना छ ।

     

    नेपाली मिडियावाट हामी सक्ने प्रचार गर्नेमा एकजुट भईरहेका छौ । व्यापक प्रचार गरेमा आन्तरिक तथा वाह्य पर्यटक भित्रनेछन् । पर्यटक धेरै तान्न सके हामी आफै धेरै धनी वन्न सक्नेछौ ।

    समाजका पदाधिकारीहरु

    रोजगारीको शिलशिलामा कतारमा रहेका खोटाङका सयौ ब्यक्तीहरुको जनसहभागितामा सन १९९८ जनवरी ३१ मा खोटाङ सेवा समाज कतारको स्थापना भएको हो । स्थापनार्थको लामो अवधिमा समाजले उल्लेखनिय सामाजिक कामहरु गरेको रेर्कड छ ।

     

    खिदिमाका लिला वहादुर खत्रीको अध्यक्षतामा २१ सदस्य खोटाङ सेवा समाज कतारमा प्रथम उपाध्यक्ष खार्पाका एकराज राई हुन् भने दितिय उपाध्यक्ष दिक्तेल १ अस्पताल चोकका रुद्र शर्मा आचार्य हुन् ।

     

    समाजको महासचिवमा वराहपोखरीका कैलाश श्रेष्ठ, सचिव पर्शुराम श्रेष्ठ (पवन) सोल्मा, कोषाध्यक्ष डिल्लीशेर खड्का खिदिमा र छितापोखरीका दिनेश कार्की सह,कोषाध्यक्ष हुन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology